दाहालको सहयोगमा सम्झनाले पाइन नयाँ जीवन
काठमाडौँ, १० पुस : सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी एक सामाजिक अभियन्ताले नयाँ जीवन पाएकी छिन् । ब्रुसेला भाइरस नामक रोगबाट पीडित सम्झना सापकोटालाई समाजसेवी दुर्गानाथ दाहालमार्फत नर्भिक अस्पतालले निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाएकी हुन् । हेटौँडाको मानवसेवा आश्रममा आफ्नो जीवन समर्पण गरेर स

२०७४ पुस १० सोमबार, दिउँसो ४:३९ बजे२ मिनेट पढाइ
काठमाडौँ, १० पुस : सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी एक सामाजिक अभियन्ताले नयाँ जीवन पाएकी छिन् ।
ब्रुसेला भाइरस नामक रोगबाट पीडित सम्झना सापकोटालाई समाजसेवी दुर्गानाथ दाहालमार्फत नर्भिक अस्पतालले निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाएकी हुन् ।
हेटौँडाको मानवसेवा आश्रममा आफ्नो जीवन समर्पण गरेर सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुभएकी अभियन्ता सापकोटालाई केही समयअघि उक्त रोग लागेर पीडित बन्नुभएको थियो ।
शुरुमा हेटौँडा र चितवनमा उपचार गराए पनि रोग निको नभएपछि समाजसेवी दाहालको पहलमा नर्भिक अस्पतालले उनलाई निःशुल्क उपचार गरेको हो । अहिले उनी १४ दिनको उपचारपछि पूर्णरुपमा निको भएर आश्रम फर्केकी छिन् ।
उक्त रोगको उपचार सेवा अत्यन्त महँगो पर्ने गरेको छ । अस्पतालले सापकोटाको उपचारमा करिब रु १४ लाख खर्च गरेको अस्पतालकी निर्देशक मेघा चौधरीले जानकारी दिनुभयो ।
यो रोग लागेपछि शुरुमा टाउको दुख्ने, शरीर सुन्निने, रिँगटा लाग्ने लक्षण देखिने केही समयमै मिर्गौला र कलेजोले काम नगरी बिरामीको मृत्यु हुने अस्पतालले जनाएको छ । यो रोग लाखौँमा कसैकसैमा मात्र देखिने अस्पतालले जनाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…