कृषि विकास बैंकको नयाँ शाखा बरहथवामा
सर्लाही १० पुस । सर्लाही जिल्ला बरहथवा नगरपालीकामा कृषि विकास बैंक लि.को आधुनिक प्रविधि जडीत पूर्ण वाणिज्य बैकिङ्ग शाखाको औपचारिक उदघाटन गरिएको छ । आइतबार (पुस ९ गते) कृषि विकास बैक लि.का प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले औपचारिक रुपमा बरहथवा शाखाको उद्घाटन गरे । कृषि विकास बैंक लि. क्षेत्

२०७४ पुस १० सोमबार, दिउँसो ४:३१ बजे२ मिनेट पढाइ

सर्लाही १० पुस । सर्लाही जिल्ला बरहथवा नगरपालीकामा कृषि विकास बैंक लि.को आधुनिक प्रविधि जडीत पूर्ण वाणिज्य बैकिङ्ग शाखाको औपचारिक उदघाटन गरिएको छ । आइतबार (पुस ९ गते) कृषि विकास बैक लि.का प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले औपचारिक रुपमा बरहथवा शाखाको उद्घाटन गरे ।
कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, जनकपुरका निर्देशक प्रमोद बाबु तिवारीको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि. बैंकिङ्ग कार्यालय, मंलगवाका प्रवन्धक रामदुलाल यादवले दिएका थिए ।
सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा नगरपालीकाका वडा अध्यक्षहरु,विभिन्न कार्यालयका प्रतिनिधीहरु, सेवाग्राहीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा नगरपालीकाका मेयर देवानन्द महत्तो, उद्योगपति राजेश प्रसाद कुश्वाह, निरञ्जन दासले समेत बैंकको उच्च प्रगतिको कामना गरे ।
प्रमुख अतिथीको रुपमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले बैंकले प्रदान गर्ने आधुुनिक सेवा सुविधा तथा बैंकको एचयमगअत को बारेमा जानकारी गराउँदै स्थानीय जनताको सहयोग भएमा बैंकले निरन्तरता पाई भविष्यमा अझ बढी आधुनिक सेवा सुविधाहरु उपलव्ध गराउने बताए ।
त्यस्तै गरी विशिष्ट अतिथिको रुपमा मन्तव्य राख्दै कृषि विकास बैंक लि. उपमहाप्रबन्धक नरेश कुमार रोकाले कृषि विकास बैंकले जनतालाई पुराउने सेवामा कुनै कसर बाँकी नराख्ने भन्दै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कृषि विकास बैंकले कार्य गरेको जानकारी दिए ।
साथमा बैंकलाई निरन्तर रुपमा उतकृष्ठ ढंगले संचालन गर्ने जिम्मास्थानिय जनताको हातमा पनि रहेको बताए ।
कार्यक्रममा बैंकका विभागिय प्रमुख टेक नारायण आचार्य, डिल्ली प्रसाद चौधरी एंव् कृषि विकास बैंक लि.का प्रबक्ता तथा शाखा प्रमुख हिमलाल पौडेल र जनकपुर क्षेत्रीय कार्यालय अन्तरगतका प्रबन्धकहरु राम दुलार यादब, लव कुमार शर्मा, कृष्ण प्रसाद नेपाल तथा अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितमध्ये १०० जना भन्दा बढी सहभागीहरुले बैंक बचत खाता खोलेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…