सिरहामा प्रहरी हिरासतभित्रै महिला झुण्डिएको अवस्थामा फेला !
यस उपर थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

२०७६ असार ९ सोमबार, बिहान १०:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रहरी हिरासतमा रहेकी एक महिला हिरासत भित्रै झुण्डिएको अवस्थामा भेटिएकी छन् ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, महेशबारीस्थित ईलाका प्रहरी कार्यालयको हिरासतसँगै जोडिएको शौचालयमा एक महिला झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको जनाइएको छ । मोबाईल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी ती महिला आईतबार विहानै झुण्डिएको अवस्थमा भेटेपछि खैलाबैला मच्चिएको हो ।
पक्राउ परेकी सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर घर भएकी २५ वर्षीया ती महिला (नाम गोप्य) प्रहरी हिरासतको शौचालयमा आईतवार भेटिएको हो ।
शनिबार साँझपख लहान बजारबाट एक महिलाको मोबाईल चोरी गरेको आरोपमा उनी शनिबार साँझ लहान बजारबाट पक्राउ परेकी थिइन् । लहानबाट करिब १० किलोमिटर दक्षिण पर्ने महेशबारी प्रहरीको हिरासतमा थुनिएकी उनी झुण्डिएको अवस्थामा भेटिएको सिरहा प्रहरीले जनाएको छ ।
लहानस्थित एक मोवाइल बिक्री गर्ने पसलमा मोबाईल बेच्ने क्रममा लहान प्रहरीले उनलाई शनिबार साँझ करिब ५ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै लहान प्रहरीको हिरासतमा पुर्याइएकी उनलाई लहान प्रहरीको हिरासतमा ठाउँ अपुग भएपछि महेशबारी प्रहरीमा पठाइएको थियो ।
प्रहरी हिरासतमा रहेकी उनी आईतबार बिहान करिब ६ बजेतिर उठेपछि शौचालय जान्छु भन्दै गएको करिब २० मिनेटसम्म पनि नफर्किएपछि महिला प्रहरी गएर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
यस उपर थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…