पत्रकारहरुको समस्या समाधानका लागि महासँघले बिशेष पहल गर्नुपर्नेः प्रदेश प्रमुख कायस्थ
काँग्रेसका सँसदीय दलका नेता राम सरोज यादवले पत्रकारहरुलाई निश्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभएको छ ।
२०७६ असार ८ आइतबार, बेलुकी ६:५६ बजे२ मिनेट पढाइ

जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारहरुको आन्तरिक समस्यालाई समाधान गर्न महासँघले बिशेष उपाय अपनाउनुपर्ने बताउनुभएको छ ।
दुधमती साप्ताहिक पत्रिकाको चौथो बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले पत्रकारहरुको बिभिन्न किसिमका आन्तरिक समस्यालाई समाधान गर्न महासँघले उचित सुझबुझका साथै पत्रकारहरुको गरिमा बचाई उनीहरुको मनोबल उच्च राख्ने काम गर्नुपर्ने बताउनुभएको छ ।
कमी कमजोरी हरेक क्षेत्रमा हुने भएकोले पत्रकारहरुको छनौट तथा मुल्याँकन सही तरीकाले हुनुपर्ने धारणा समेत राख्नुभएको छ ।त्यस्तै सोही कार्यक्रममा प्रदेश नं. २ का बिपक्षी काँग्रेसका सँसदीय दलका नेता राम सरोज यादवले पत्रकारहरुलाई निश्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभएको छ ।
यस्तै , प्रदेश सभा सदस्य मञ्जु यादवले प्रदेश २ मा आफुलाई सुशासनको अनुभुति हुन नसकेको गुनासो पोखेकी थिईन ।
प्रदेश सभा सदस्य राम अशिष यादवले पत्रकारहरुको आलोचना गर्नुभन्दा पनि उनीहरुको हक हितमा बोलिदिने कोही नभएको बताउनुभएको छ । उहाँले पत्रकारहरुको बिमा, सुरक्षा तथा न्युनतम पारिश्रमिकका बिषयमा कसैको ध्यान केन्द्रित हुन नसकिरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
दुधमति साप्ताहिक पत्रिकाले प्रत्येक बर्ष झै यस बर्ष पनि दुधमति व्यबसायिक सम्मान औषधि व्यबसायी प्रमोद अग्रवाललाई र पत्रकारिता सम्मान पत्रकार महासँघका केन्द्रिय सदस्य शैलेन्द्र झालाई गरेको छ ।
कार्यक्रममा पत्रकार महासँघ धनुषाका अध्यक्ष अनिल मिश्रका साथै करीब डेढ दर्जन वक्ताहरुले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
हाजिरी जवाफ बिद्यार्थीहरुको बुद्धिलाई तिखार्ने माध्ययम होः प्रदेश प्रमुख कायस्थ
ब्रम्हानन्द ठाकुर ।
आसार ८, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले हाजिरी जवाफ जस्ता कार्यक्रमहरुले बिद्यार्थीहरुको बुद्धि तिक्ष्ण हुने बताउनुभएको छ ।

श्री मध्यपुर्वी पृतना हेडक्वाटरद्धारा जनकपुरधाममा आयोजित हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा बोल्दै उहाँले नेपाली सेनाद्धारा गरिएको यस्ता कृयाकलापले बिद्यार्थीहरुमा मानसिक अवस्थाको विकास हुने बताउनुभएको छ ।
अनुशाशित र व्यबस्थित रहेको नेपाली सेनाले बिभिन्न किसिमका आपद् विपतमा पुर्याउँदै आएको सहयोगको उहाँले प्रशँसा गर्दै आगामी दिनमा पनि नेपाली सेनाले अझ उत्कृष्ट कामहरुलाई निरन्तरता दिनेमा बिश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा धनुषा, सिरहा र बारा गरी कुल ४ वटा जिल्लाका विद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता बाट लोटस सेकेण्ड्री स्कुल बारा प्रथम र गँगोत्री मा वि धनुषा द्धितिय भएका छन ।
प्रथम हुने बिद्यालयलाई कप, नगद रु ६१ हजार र प्रशँसा पत्र दिईएको छ भने द्धितिय हुने बिद्यालयलाई कप, नगद रु ३१ हजार र प्रशँसा पत्र प्रदान गरिएको छ । त्यस्तै , तृतिय र चौथो हुने विद्यालयलाई प्रशँसा पत्र प्रदान गरिएको छ ।
मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव दिपक सुवेदी तथा प्रदेश प्रमुखद्धारा पुरस्कार र प्रशँसा पत्रहरु वितरण गरिएको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…