धनुषाको विदेह नपाको तेस्रो नगरसभा सुरु, प्रदेशमै पहिलो
नगरसभाको उद्घाटन सत्रमा विदेह नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

२०७६ असार ८ आइतबार, बेलुकी ६:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको तेस्रो नगरसभा शनिबारदेखि सुरु भएको छ ।
विदेह नगरपालिकाका नगर प्रमुख (मेयर) बेचन दासको अध्यक्षतामा शनिबार नगरसभाको उदघाटन गरिएको हो । हुन लागेको नगर सभा प्रदेश नं. २ मै सबभन्दा पहिले हुने नगर प्रमुख दासले बताए । उनका अनुसार प्रदेशमै सबभन्दा पहिले विदेह नगरपालिकामा तेस्रो नगरसभा सुरु भएको हो ।
सुरु भएको नगरसभा नगर उपप्रमुख निलम देवी मण्डलले अगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् भने नगरसभा आगामी असार १५ गतेसम्म चल्ने जनाइएको छ । यस नगरसभाले नीति तथा कार्यक्रम पारित गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिवकुमार साहले जानकारी दिए ।
नगरसभाको उद्घाटन सत्रमा विदेह नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…