'सरकारले मधेशी उपर तरवार चलाएर चौथो मधेश आन्दोलन निम्त्याउन खोज्यो'
सरकारलाई लोकतन्त्रको हत्या गर्ने काममा उद्दत नहुन उनले सुझाव पनि दिए ।

२०७६ असार ४ बुधबार, बेलुकी ७:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले मधेशी उपर फेरी तरवार चलाउन खोजेको भन्दै चौथो मधेश आन्दोलन गर्न मधेशी समुदाय बाध्य हुने चेतावनी दिइएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राजपा सांसद लक्षमणलाल कर्णले चौथो मधेश आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराएका छन् ।
संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्दलगायतका माग गर्दै आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेश आन्दोलनका लागि मधेशी समुदाय बाध्य हुने चेतावनी दिए ।
उनले संविधान विपरीत लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरी तरबार चलाउने काम गरेको आरोप लगाएका छन् । सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै उनले आक्रोश पोखे ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफैले गरेको प्रतिबद्धताबाट पछि हटेको भन्दै उनले यसले जनताको सरकारमाथिको विश्वास टुटाउने काम गरेको टिप्पणी गरे ।
उनले सत्तारुढ दलका सांसदहरुलाई विधेयकमाथि दोहोरो चरित्र नदेखाउन पनि सचेत गराए । सरकारलाई लोकतन्त्रको हत्या गर्ने काममा उद्दत नहुन उनले सुझाव पनि दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…