सिरहाका सुभाषलाई अपहरण गरी गोली हानेर हत्या गर्ने यसरी समातिए, को हुन् ?
अभियुक्त खत्वेलाई नियन्त्रणमा लिएर यस उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ जेठ ३० बिहीबार, दिउँसो २:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट एक युवकलाई अपहरण गरी गोली हानेर हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् ।
सिरहा प्रहरीले औराही गाउँपालिका २ वस्ने गंगाराम मण्डल खत्वेलाई पक्राउ गरेको हो । गत २०७५ साल मंसिर ८ गते सिरहाको धनगढीमाई नगरपालिका ६ का सुभाष कुमार यादवलाई अपहरण गरी भारतको मधुवनी भुतही बलान तट्बन्ध नजिक लएर गोली हानी सख्त घाईते बनाएका थिए ।
घट्ना पश्चात फरार रहेका २१ बर्षीय खत्वेलाई सिरहा नगरपालिका ७ बाट लुकिछिपी वसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जेठ २८ गते पक्राउ गरेको हो ।
गोली लागि गम्भिर घाईते भएका सुभाषको उपचारको क्रममा भारतको बिहार स्थितमा रहेको पिएमसीएच मेडिकल कलेजमा २०७५ साल मंसिर ९ गते मृत्यू भएको थियो ।
अभियुक्त खत्वेलाई नियन्त्रणमा लिएर यस उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…