सप्तरीमा एक गाउँपालिकाका ईन्जिनीयर घुस रकम सहित रँगेहात पक्राउ
उक्त रकम सहित रङ्गेहात पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान भैरहेको आयोेगका सहायक प्रवक्ता मदन कोईरालाले जनाएको छ ।

२०७६ जेठ ३० बिहीबार, दिउँसो १:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को सप्तरीमा एक ईन्जिनीयरलाई अख्तियारले घुस रकम सहित रँगेहात पक्राउ गरेका छन् ।
सप्तरीको रुपनी गाउँपालिकामा कार्यरत ईन्जिनीयर विकास कुमार श्रेष्ठलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रँगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
इन्जिनियर विकाश कुमार श्रेष्ठले झोलुङ्गेपुल निर्माण सम्बन्धी बील फरफारक गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
उनलाई सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस बापतको रकम बुझि लिइसकेको अवस्थामा राजविराज नगरपालिका वार्ड नं. ६ स्थित योगेन्द्र साहको घरमा रहेको निजको डेराबाट उक्त रकम सहित रङ्गेहात पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान भैरहेको आयोेगका सहायक प्रवक्ता मदन कोईरालाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…