धनुषाधाम नपा कार्यालयमा बम विस्फोट !
विस्फोटबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जनाए ।

२०७६ जेठ ३० बिहीबार, बिहान ७:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।
धनुषाधाम ३ स्थित रहेको नगर कार्यपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको हो ।
विस्फोटबाट नगरपालिका कार्यालयको परिसरमा रहेको सभाहलको वाल भत्केको छ । बुधबार राति साढे नौ बजेतिर विस्फोट भएको प्रेसर कुकुर बम शक्तिशाली देखिएको छ ।
नगरपालिकाको कार्यालयमा विस्फोटक पदार्थ कसले राखेको थियो भन्ने बारे खुल्न नसकेको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरण कुमार यादवले जानकारी दिए ।
विस्फोटबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…