सुनसरी दुहवीमा डेंगु नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको धरानमा फैलिएको डेंगु संक्रमणलाई मध्य नजर गर्दै डेंगु प्रकोपको रुपमा फैलिएकाले दुहवीमा यस्तो नहोस् भनेर सुरुदेखिनै डेंगु नियन्त्रणकालागि स्थानिय संचार माध्यम र स्वास्थ्य संस्था मार्फत सचेतना अभियान थालिएको छ । दुहबी नगरपालिका अन्तरगतका सरोकारवालाहरुले १ दिने अन्तरक्रिय

२०७६ जेठ २९ बुधबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको धरानमा फैलिएको डेंगु संक्रमणलाई मध्य नजर गर्दै डेंगु प्रकोपको रुपमा फैलिएकाले दुहवीमा यस्तो नहोस् भनेर सुरुदेखिनै डेंगु नियन्त्रणकालागि स्थानिय संचार माध्यम र स्वास्थ्य संस्था मार्फत सचेतना अभियान थालिएको छ ।
दुहबी नगरपालिका अन्तरगतका सरोकारवालाहरुले १ दिने अन्तरक्रिया कार्यक्रम दुहबी नगरपालिकाका सहभाहलमा सम्मपन्न भएको छ ।
दुहवीका १२ ओटै वडामा डेंगु नियन्त्रणकालागि डेंगुको लार्भा खोजी गर्ने र नष्ट गर्नकालागि आजदेखि वडा वडामा समितिहरु बनाउँने दुहवी नगर स्वास्थ्य प्रमुख उचित नारायण साहले जानकारी दिनुभयो । १ हप्ता अघि देखिनै डेंगु नियन्त्रणका लागि दुहवी नगरपालिका भित्र मालाथिन फगी स्प्रे(औषधि) छिट्न सुरु भइसकेको समेत स्वास्थ्य प्रमुख साहले जानकारी दिनुभयो ।
दुहबी नगरपालिका नगरकार्यपालिकाको कार्यालय दुहबी सुनसरीले अायोजना गरेको संचारकर्मी ,स्वास्थ्यकर्मी ,जनप्रतिनिधि तथा सररोकारवलाहरुसंग स्वास्थ सम्बन्धि १दिने अन्तरक्रिया कार्यक्रमका गरेका थिए ।
कार्यक्रमका सभापति दुहबी नपा मेयर बेदनरायण गच्छदार ,उममेयर सुनिता दहाल साह ,कार्यकारी अधिकृत खेम राज अोझा ,वडा नम्बर १अध्यक्ष अजुल मिया, २नम्बर वडा अध्यक्ष अरबिन्द बिस्वास ,३ माधव भण्डारी ,४राजेन बस्नेत,५ रमेश रौनियार ,६मुन्ना साह हलुवाइ ,७ बिजय चौधरी ,८तारिकचन्द सरदार ,जनस्वास्थ्यका कर्मचारी ,शिक्षा शाखाका कर्मचारी ,संचारकर्मिको तर्फ बाट जनशताब्दी दैनिकका दुहबी प्रखुम चन्दन रौनियार ,दुहबी साप्ताहिकका अाषिस यादब ,कोचिला एफेमका संजय चौधरी लगायतका उपस्थिति रहेको थियोे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…