धनुषामा शहिद ठाकुर प्रसाद दुङ्गनाको स्मरणमा 'स्मृति प्रष्ठिान'
न्यूज ब्यूरो, जनकपुरधाम । शहिद ठाकुर प्रसाद ढुँगानाको स्मरणमा शहिद ठाकुर प्रसाद स्मृति प्रष्ठिान निर्माण गरिएको छ । प्रजातान्त्रिक योद्धा ,स्वतन्त्रता सेनानी श्रेदय नेपाली काङ्ग्रेसका नेता सहिद ठाकुर प्रसाद दुङ्गानाको नाउमा स्थापित एव संचालित सहिद ठाकुर प्रसाद दुङ्गाना स्मृति प्रतिष्ठानलाई विहिबार ए

२०७६ जेठ २४ शुक्रबार, बिहान ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शहिद ठाकुर प्रसाद ढुँगानाको स्मरणमा शहिद ठाकुर प्रसाद स्मृति प्रष्ठिान निर्माण गरिएको छ ।
प्रजातान्त्रिक योद्धा ,स्वतन्त्रता सेनानी श्रेदय नेपाली काङ्ग्रेसका नेता सहिद ठाकुर प्रसाद दुङ्गानाको नाउमा स्थापित एव संचालित सहिद ठाकुर प्रसाद दुङ्गाना स्मृति प्रतिष्ठानलाई विहिबार एक कार्यक्रमबीच नेपाली काङ्ग्रेस प्रदेश नं. २ का संसदीय दलका नेता राम सरोज यादकको प्रमुख अतिथ्यमा उद्द्घाटन गरिएको हो ।
प्रतिष्ठान उद्घाटनको उपलक्ष्यमा निशुल्क स्वास्थ्य शिविर, सिलाई कटाई तालिम लगायतको कार्यक्रमहरु आयोजना समेत गरिएको छ ।
नेपाली काँग्रेसका दिग्गज एवम् केन्द्रिय नेता आनन्द प्रसाद ढुँगानाको अध्यक्षतामा भएको सो उदघाटन कार्यक्रममा जिल्ला सभापति महेश शंकर गिरि, पूर्व साँसद पुष्पालता लामा, जिल्ला उप सभापति सन्तोष यादव, जिल्ला सचिब बिशेश्वर यादव, कोषाध्यक्ष राजल महतो, क्षेत्रीय १ सभापति जित नारायण यादव, क्षेत्र नं. २ का राज किशोर सिंह, ३ का कन्हैया लाल कर्ण , ४ का राजकुमार महतो धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डल, सबैला नपाका मेयर बिजय शंकर प्रसाद साह लगायत कार्यकता, आम जनताको व्यापक उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…