धनुषामा पाठेघर सम्बन्धि १ दिने निशूल्क स्वास्थ्य शिविर
न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिलाहरुको सुलभ हेतु निशूल्क शिविरको आयोजना गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा गैर सरकारी संस्था मिथिला मधेश उत्थान केन्द्रको आयोजनामा १ दिने पाठेघर समस्या समाधान समबन्धी निशुल्क स्वास्थय शिविर संचालन गरिएको हो । नगरकी उप प्रमुख मिना कुमा

२०७६ जेठ २३ बिहीबार, दिउँसो १:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिलाहरुको सुलभ हेतु निशूल्क शिविरको आयोजना गरिएको छ ।
नगरपालिकाको आर्थिक सहयोग तथा गैर सरकारी संस्था मिथिला मधेश उत्थान केन्द्रको आयोजनामा १ दिने पाठेघर समस्या समाधान समबन्धी निशुल्क स्वास्थय शिविर संचालन गरिएको हो ।
नगरकी उप प्रमुख मिना कुमारी यादवको अध्यक्षतामा आयोजना गरिएको उक्त शिविर उदघाटन कार्यक्रममा महिलामा बढी हुने समस्याको रुपमा पाठेघरको समस्या रहेकोले नगरपालिकाबाट नगरस्तरीय निशूल्क स्वास्थ्य शिविर राखेको बताइन । भोलिको दिनमा अझै यस्ता यस्ता कार्यक्रम आश्वासन दिइन ।
कार्यक्रममा निमित प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद काफले, ने क पा युवा नेता महेशलाल यादव , पुरुषोत्तम लामा, पुर्व गाविस अध्यक्ष बिशुनदेव यादव , वडा ९ वडा अध्यक्ष दायाराम यादव , ११ का सत्य नारायन कुवर दनुवार, मा बि भरतपुर प्रधानध्यापक हिराला साह लगायत स्थानीय जनसमुदायको उपस्थितमा शिविर जारी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…