विश्व वातावरण दिवसमा ईप्रका कल्याणपुरमा वृक्षा रोपन
‘स्वच्छ वायु, स्वच्छ जीवन’ भन्ने नारासहित वृक्षा रोपन गरिएको हो ।

२०७६ जेठ २२ बुधबार, बेलुकी ६:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्व वातावरण दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय कल्याणपुरमा विभिन्न जातका बिरुवा रोपन गरिएको छ ।
विभिन्न ठाउँमा विश्व वातावरण दिवस मनाइरहँदा सिरहा कल्याणपुरमा पनि वृक्षा रोपन गरेर मनाइएको हो । कल्याणपुर नगरपालिका र जिल्ला युवा समिति सिरहा संयुक्तको आयोजना तथा जिल्ला समन्वय समिति, मुक्ति नेपाल, सवल नेपाल, फरवाड नेपाल, आसमान नेपाल र युवा संजाल सिरहाको सहकार्यमा वृक्षा रोपन गरेर वातावरण दिवस मनाइएको जिल्ला युवा समिति सिरहाका अध्यक्ष वैजनाथ साहले जानकारी दिए ।
‘स्वच्छ वायु, स्वच्छ जीवन तथा प्रदेश र स्थानीय सरकार, पूर्ण सरसफाई समृद्धीको आधार’ भन्ने नारासहित वृक्षा रोपन गरिएको हो ।
कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल, सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी, जिल्ला युवा समिति सिरहाका अध्यक्ष वैजनाथ साह, अनुसन्धानका रमेशचन्द्र यादव, रामदुलारी माविका प्रअ लालदेव साह लगायतले विभिन्न जातका बिरुवा रोपेका थिए ।
कार्यक्रममा विभिन्न निकायका व्यक्तित्वहरुको उल्लेख्य सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…