बाटो बचाउन 'अरगरिया र बरबरिया' एकसाथ जुटे
पोखरीमा गैभियन , जाली ,बोलडर निर्माण कार्यको एक कार्यक्रमबीच शिलान्यास गरिएको हो ।

२०७६ जेठ १८ शनिबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरका नगर प्रमुख उदय कुमार बरबरिया एवम् धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य उमा शंकर अरगरियाले एकसाथ बाटो बचाउनको लािग पोखरीको जिर्णोद्धार कार्यको शिलान्यास गरेका छन् ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ नाथपट्टीमा अरगरियाद्धारा प्रदान गरिएको संसदीय बजेटबाट बाटो बचाउनको लागि पोखरीमा गैभियन , जाली ,बोलडर निर्माण कार्यको एक कार्यक्रमबीच शिलान्यास गरिएको हो ।
समाजबादी पार्टी नेपालका प्रमुख सचेतक समेत रहेका अरगरियाले बाटो बचाउनको लागि पोखरीमा गैभियन जाली बोल्डर योजनाको एक कार्यक्रम बिच नाथपट्टीमा शिलान्यास गरिएको जनाइएको छ । शहिदनगर नगरपालिकाका मेयर बरबरिया र वडा नं. ८ का वडा अध्यक्ष तनुक लाल कुसियैतको उपस्तिथिमा एक कार्यक्रम बीच विधिवत नाथपट्टी पोखरीमा बाटो बचाउनको लागि सडक शिलान्यास गरिएको छ ।
शनिबार नाथपट्टी स्थित रहेको पोखरीको छेउमा रहेको सडक एकदम विकट रहेको अवस्थामा त्यसलाई सुधारको लागि बरबरिया र अरगरिया एकसाथ शिलान्यास गरेपछि स्थानीयवासीमा बेग्लै हर्षपना देखिएको थियो । दशकौंदेखि नाथपट्टीको उक्त पोखरी छेउबाट सवारी जावतजावत गर्न पनि अत्यधिक कठिनाई भईरहेको बेलामा मेयर बरबरिया र प्रतिनीधिसभा सदस्य अरगरिया एवम् वडाध्यक्ष कुसियैतले सँयुक्त रुपमा सडक शिलान्यास गरेपछि उनीहरुको मुहार फेर्ने भएको छ ।
नेता अरगरियाको आमन्त्रणमा मेयर उदय बरबरिया र वडा अध्यक्ष तनुक लाल कुसियैत तिनै जना सँयुक्त रुपमा पुजा पाठ गरेर शिलान्यास गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य अरगरियाले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न ठाउँमा संसदीय बिकास कोषबाट काम भैरहेको ठाउँहरुमा अनुगमन समेत गरेका हुन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…