धनुषाधाममा समाजवादी पार्टीको नगर कार्यालय उद्घाटन
संगठन विस्तारका कामलाई मूर्तरुप दिन ठाउँठाउँमा पार्टी कार्यालय खोलिने उनले जनाए ।

२०७६ जेठ १६ बिहीबार, बेलुकी ५:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा समाजवादी पार्टी नेपालको नगर कार्यालय उद्घाटन गरिएको छ ।
नगरस्तरमा पार्टीको काम कारवाही संचालनका लागि सहजता तुल्याउन पार्टी कार्यालय स्थापना गरिएको हो । समाजवादी पार्टीका नगरध्यक्ष बिनोद यादवले अबदेखि कार्य संचालनमा सहज हुने विश्वस व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य दिपक कार्कीले समाजवादी पार्टीलाई गाउँगाउँसम्म सहजै पुर्याउने बताए । संगठन विस्तारका कामलाई मूर्तरुप दिन ठाउँठाउँमा पार्टी कार्यालय खोलिने उनले जनाए ।
नगर अध्यक्ष बिनोद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य दिपक कार्की, विशिष्ट अतिथिका रुपमा धनुषा जिल्ला उपाध्यक्ष ज्ञानकुमार यादव, धनुषाधाम वडा ९ का वडाअध्यक्ष संजिब यादव, महिला फोरमकी जिल्ला उपाध्यक्ष बन्दना कर्ण लगायतको उल्लेख्य सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…