नेता महतो ५ दिन २ जिल्ला घुम्ने
प्रतिनीधि सभा सदस्य भएपछि उनी कार्यकर्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिरहेका हुन्छन् ।

२०७६ जेठ १६ बिहीबार, बिहान ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनीधिसभा सदस्य एवम् राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो विहिबार जनकपुर आउने भएको छ ।
आज विहान पौने ११ बजे जनकपुर आईपुग्ने कार्यक्रम तय भएको छ । जनकपुर आएलगत्तै जनकपुरमा हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउने उनका निकट विन्दकिशोर साहले जानकारी दिए । यसका साथै शुक्रबार सर्लाही पुगेर विभिन्न समाजिक कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको जनाइएको छ ।
यसका साथै शनिबार विहान सर्लाही जिल्लाको जिल्ला समन्वय समितिको हलमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नेछ भने साँझ धनुषा जिल्लाको ढल्केवरमा समाजिक कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको साहले जानकारी दिएका छन् ।
नेता महतो पुनः आउँदा आईतबार जेठ २० गते जनकपुरधाममा कार्यकर्ता भेघटघाट गर्ने कार्यक्रम तय गरिएको हो । कार्यकर्ता भेटघाटको क्रममा आफ्ना कार्यकर्ताहरुलाई एक ठाउँमा जम्मा हुन आग्रह समेत गरिएको हो । प्रतिनीधि सभा सदस्य भएपछि उनी कार्यकर्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिरहेका हुन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…