आपत्तिजनक अवस्थामा देखेपछि नाबालक जोडीले गरे वृद्धको हत्या !
आपत्तीजनक अवस्थामा देखेपछी उनिहरुले चमारको हत्या गरेको भट्टराईले बताए ।

२०७६ जेठ १४ मंगलबार, दिउँसो ४:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गत जेठ ६ गते भएको ६० बर्षिय एक पुरुषको हत्यामा संलग्न नावालक जोडी पक्राउ परेका छन् ।
बारा प्रहरीका अनुसार पक्राउ पर्ने नावालक १७ र नावालीका १६ बर्षका रहेका छन् । उनीहरु हाल कक्षा नौ र १० मा अध्ययनरत छन् । गत जेठ ६ गते जिल्लाको सिम्रौनगढ नगरपालिका–झवानीस्थित गाउँदेखि दक्षिणतर्फ घर बनाई एक्लै बस्दै आएका सोही स्थानका ६० वर्षीय महरा चमारको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
सोही हत्याको आशंकामा उनिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले न्यूज ब्यूरोलाई जानकारी दिए ।
आपत्तीजनक अवस्थामा देखेपछी उनिहरुले चमारको हत्या गरेको भट्टराईले बताए ।
‘नाबालक जोडीलाई चमारले आपत्तिजनक अवस्थामा देखेका थिए । ‘चमारले आफूले पनि सम्बन्ध राख्न पाउनुपर्ने, आफ्नो प्रस्ताव नमाने सबैलाई भनिदिने भनेर धम्क्याएपछी उक्त घटना भयो ।’ उनले भने ।
हत्यापछि फरार रहेका उनीहरुलाई प्रहरीले सीमावर्ती क्षेत्रबाट गत जेठ १२ गते पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान अन्तर्गत जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक भट्टराईले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…