सप्तरीमा बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यू !
गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

२०७६ जेठ १४ मंगलबार, दिउँसो १२:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यू भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ६ देवधारस्थित सोमबार साँझ भएको दुर्घटनामा परेर २ जनाको ज्यान गएको हो ।
ज्यान जानेमा मोटरसाइकलमा सवार सप्तरीको खड्क नगरपालिका ४ का २६ वर्षीय नबिन चौधरी र सिरहाको लहान नगरपालिका १२ का २७ वर्षीय ओमप्रकाश चौधरीको रहेको सप्तरी प्रहरीले जनाएको छ ।
तिव्रगतिमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना.५ ख ४६९२ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको स.९प ६१८३ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीको जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…