नेकपाको धनुषा सचिवमा 'यादव'
दिग्गज नेता मानिएका बरबरियाले सचिव पद अस्वीकार गरेपछि दिपक यादवलाई चयन गरिएको हो ।

२०७६ जेठ ११ शनिबार, दिउँसो १:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धनुषा जिल्ला सचिवमा दिपक यादवलाई मनोनित गरिएको छ । तत्कालिन माओवादीको जिल्ला अध्यक्ष रहिसकेका यादवलाई नेकपाले जिल्ला सचिवको जिम्मेवारी दिएको हो ।
यसअघि नेकपाले पार्टीको जिल्ला कमिटिको सचिवका लागि तत्कालिन माओवादीका अनुभवी एवम् दिग्गज नेता मानिएका योग कुमार बरबरिया (श्रवण बरबरिया यादव) लाई छनौट गरेर पठाएको थियो भने अध्यक्षमा तत्कालिन एमालेका राजकिशोर यादवलाई मनोनित गरेको थियो । तर, उनले सचिव पद अस्वीकार गरेपछि दिपक यादवलाई चयन गरिएको हो ।
उचित मूल्यांकन गरी पद नदिएको भन्दै उनले पार्टीले मनोनयन गरेको सचिव पद अस्वीकार गरेका थिए । उनी नेकपाका केन्द्रीय कमिटि सदस्य समेत हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…