अलगै 'मधेश देश' को मुद्दा विस्थापित, जनमत पार्टी आयोगमा दर्ता !
यसअघि राउतसहित उनका कार्यकर्ताले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका थिए ।

२०७६ जेठ ६ सोमबार, राति ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । कुनै बेला अलगै मधेश राष्ट्रको माग गर्दै विभिन्न गतिविधि गर्दै आएका डा. सिके राउतकै नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोग नेपालमा दर्ता गरिएको छ ।
सोमबार विधि विधान अनुसार निर्वाचन आयोग नेपालमा डा. राउत अध्यक्ष रहेको राजनीतिक पार्टी जनमत पार्टी दर्ता गरिएको हो । अलगै मधेशको लागि कुनै बेला सक्रिय रहेका पूर्व स्वतन्त्र मधेश गठबन्धनका नेता एवम् वर्तमान जनमत पार्टीका अध्यक्ष डा. राउतले अलगै मधेश राष्ट्रको मुद्दा विस्थापित गरी खुल्ला राजनीतिमा अवतरण गरेको बताएका छन् ।
खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ बैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए ।
जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार सोमबार आयोगले वैधानिक रुपमा पार्टी दर्ता गरेपछि सो दलले थप काम अगाडि बढाउने छ । गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेपछि राउत नेतृत्वको समूहले ‘जनमत पार्टी’ नामको दल सञ्चालन गरेको हो ।
यसअघि राउतसहित उनका कार्यकर्ताले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका थिए ।
अघिको मुद्दालाई विस्थापित गरेपछि उनका केही समर्थकहरु डा. राउतबा टाढीएका छन् भने कुनै बेला तराई सशस्त्र गतिविधि गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चासंग हात मिलाएका छन् । मोर्चा पनि खुल्ला राजनीतिमा आउने भएपछि डा. राउतसँग असन्तुष्ट एवम् पार्टीबाट निस्कासित गरिएका समर्थक एवम् कार्यकर्ताहरु अन्य पार्टीमा समाहित भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…