शहिदनगरका प्रमुख प्रशासकीय अधिकृत झालाई सिडिओको सम्मान
झाको कार्यकाल आउने दिनमा अझ सफल रहने विश्वास लिएको उनले बताए ।

२०७६ जेठ ५ आइतबार, राति ९:२४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नगरको शिक्षा क्षेत्रलाई सबल पार्न तथा गुणस्तरीय शिक्षाको लागि अहम भूमिका निर्वाह गरेको भन्दै शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झालाई सम्मान गरिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले अधिकृत झालाई शहिदनगर नगरपालिका भित्र संचालित रहेको अवैद्य विद्यालयहरुलाई नियमन गरी नियन्त्रण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई जिल्ला प्रशासन कार्यालय धनुषाबाट सम्मान सहित कदरपत्र प्रदान गरिएको हो ।
कदरपत्रमा लेखिएको छ , यहाँले धनुषा जिल्ला स्थित कार्यरत शहिद नगर नगरपालिका क्षेत्र भित्र अवैद्य रुपमा सँचालित विद्यालयहरुलाई नियमन गरी नियन्त्रण गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नु भएकोले कार्यालय प्रमुख तथा सुशासन इकाई प्रमुखहरुको नियमित मासिक बैठक २०७६ २ ५ १ को अवसरमा कदर पत्र सहित सम्मान गरिएको छ । ईमान्दारिता पारदर्शिता र जवाफदेहिताका साथ सुशासन कायम राख् सदैव यहाँ क्रियाशिल रहनु हुने विश्वास लिएको छ ।
कान्छो मेयरको 'शिक्षा माफिया विरुद्ध' को मिशन सफल, सिडिओले गरे प्रशंसा
केही दिनअघि नगर प्रमुख उदय कुमार बरबरियाको अवैद्य विद्यालय बन्द अभियानमा प्रमुख प्रशासकीय अधिकृत झाले कानुनन रुपमा अहम भूमिका निर्वाह गरेको ठहर गरिएको छ । नगर प्रमुख बरबरियाले पनि अधिकृत झाको भूमिकालाई कदर गरेका थिए ।

शहिदनगर नगरपालिकाको लेखा अधिकृतबाट प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका झाले छोटो समयमै नगर प्रमुख बरबरियाको मिशनमा सामेल भएर सम्मानित भएका हुन् । प्रमुख जिल्ला अधिकारीको हातबाट सम्मान पाउँदा निकै खुसी लागेको झाले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…