अहिलेका जनप्रतिनीधिहरु 'शोषण महाराज' बन्न खोज्दैछन् : डा. सिके राउत
उनीहरुले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी व्यापक प्रदर्शन गरेका थिए ।

२०७६ जेठ ४ शनिबार, बेलुकी ६:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अहिलेका जनप्रतिनीधिहरु महाराज बन्न खोजेको आरोप लगाएका छन् ।
अहिलेका जनप्रतिनीधिहरुले जनतामुखी कम भएपनि शोषण र दमनमा अहिलेका अधिकांश जनप्रतिनीधिहरु लिन भएको प्रतिक्रिया दिएका छन् । शनिबार जनकपुरमा २५६३ औं बुद्धजयन्तीको अवसर पारेर जनमत पार्टीका विद्यार्थी संगठन जनमत विद्यार्थी संगठनले आयोजना गरेको समाजिक परिवर्तनमा युवा एवम् विद्यार्थी नेतृत्वको भूमिका विषयका कार्यक्रममा उनले स्थानीय जनप्रतिनीधिलाई शोषणकर्ताको संज्ञा दिएका छन् ।
मासुको प्याकेट बाँडेर जनताको भोट कुम्ल्याएका जनप्रतिनीधिहरुले आफ्ना जनतालाई भ्रष्टाचार, दमन,शोषणमा पारेर राज गर्न खोजेको आरोप लगाएका छन् । जनप्रतिनीधिहरुले भ्रष्टाचार लिप्त भएकै कारण गाउँ गाउँमा सिँहदरबार पुग्नुको साटो सिँह पुगेपनि दरबार भन्ने अझ पुग्न नसकेको बताए ।
राष्टरसेवक कर्मचारीहरुलाई समेत जनप्रतिनीधिहरुले बलीको बोका बनाएर भ्रष्टाचारको दिशा देखाएको भन्दै चुनावमा मासु बाँडेर चुनाव जितेकाहरु अहिले पैसा छाप्न व्यस्त रहेको जीकीर गरे । राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको बताउँद नेतामात्रै दोषी नभएर जनतासमेत दोषी रहेको उनले बताए । प्रदेश सरकारप्रति आक्रोशित देखिएका राउत ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान देखबामात्र रहेको टिप्पणी समेत गरेका थिए ।
संघीय सरकारको मिडिया काउन्सिल र प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकप्रति समेत राउतले आक्रोश पोखे । दुबै सरकारले ल्याएको विधेयक स्वतन्त्रता विरोधी रहेको भन्दै उनले फिर्ता गर्न माग गरेका छन ।
सञ्चारकर्मीहरुको सबालमा संघभन्दा बढी खतरनाक प्रदेश सरकार देखिएको भन्दै राउतले पत्रकारले स्वतन्त्रतापूर्वक लेखे भ्रष्टाचार गर्न समस्या हुनेभएकोले १ करोड जरिवानाको प्रावधान राखेर प्रदेश सरकारले यस्तो विधेयक ल्याएको जिकिर समेत गरे ।
मिडिया विद्येयको विरोध गर्दै मुख्यमन्त्री कार्यालय घेराउ
यसैबीच,सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेत घेराउ गरेका छन । स्वतन्त्र पत्रकारितमाथि अंकुश लगाउने गरी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकको विरोध गर्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ समेत गरेका थिए ।

जनकपुर उद्योग वाणिज्य संघबाट नारा जुलससहित निस्केको जनमत पार्टीको रयाली मुख्यमन्त्री कार्यालय नजिक पुगेर केहिबेर सञ्चार विधेयक र प्रदेश सरकारको विरोधमा नाराबाजी गरेको थियो ।
प्रदेश सरकारले आफुले गर्ने भ्रष्टाचार लुकाउन सञ्चारकर्मीहरु माथि अंकुश लगाउन १ करोडसम्म जरिवाना हुनेगरी विधेयक ल्याएको उनीहरुको भनाइ छ । यता, प्रदेश सरकारले विद्येयकको शब्दहरुमा गम्भिर त्रुटी भएको भन्दै त्यसलाई सच्याउने प्रतिवद्धता पत्रकारहरु समक्ष प्रदेश सरकारले गरेका छन् ।
यसअघि नै जनमत पार्टीको विद्यार्थी संगठनले मिडिया स्वतन्त्रताको लागि प्रदेशदेखि केन्द्रसम्म घेराउ गर्न सक्ने चेतावनी समेत दिएका थिए । उनीहरुले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी व्यापक प्रदर्शन गरेका थिए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…