'सउदीमा फाँसीको सजाए पाएका उमेश यादव ९९.९% घर फर्कन्छ' : सरोज राय
३० लाख पाकिस्तानी रुपैयाँ दिइने सम्झौता भएको रायले जानकारी यसअघि नै भिडियो सन्देश मार्फत दिएका थिए ।

२०७६ बैशाख २८ शनिबार, बिहान १०:१२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । विगत १३ वर्षदेखि सउदीको जेलमा कैदी जीवन व्यतित गरिरहेका धनुषाका उमेश यादव नेपाल फर्कने ९९.९ प्रतिशत संकेत मिलेको बताइएको छ ।
धनुषाको गाविस माचि झिटकैया वडा नं. ४ पर्सा हाल कमला नगरपालिका वडा नं. ३ बस्ने भोला यादबका वर्ष ३९ का उमेश यादवको अदालती प्रक्रियामा कार्यप्रगति भएको भन्दै चाँडै घर फर्किने संकते पाएको ग्रोविंग नेपाल फाउण्डेशनका अध्यक्ष एवम् उमेश बचाउ अभियानमा पहल गरेका एनजिओकर्मी सरोज रायले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् ।
उमेशको ब्लडमनी बारे कुनै फैसला भएको छैन : राजदुतावास
पाकिस्तानी नागरिक मो. लतिपको हत्याको आरोपमा मृत्यूदण्डको सजाय पाएका उमेशलाई अदालतले माफी दिने र चाँडै घर फर्किने दावी रायले फेसबुक मार्फत गरेका हुन् । विगत १३ वर्षदेखि सउदीको जेलमै बसिरहेका यादवलाई नेपाली दुतावासको पहलमा उनको फाँसी रोकिएको थियो ।
उमेशलाई फाँसीको लागि तल्लो अदालतले फैसला सुनाएपछि नेपाली दुतावासले तत्कालै उनको बचाउको लागि उपल्लो अदालतमा निवेदन दिएपछि उनको फाँसीको फैसला कार्यन्व्यन अन्यौल भएको हो । उपल्लो अदालतले उमेशको प्रकरणमा पेशी चढाउँदै पब्लिक राईट अन्तर्गत पाकिस्तानी परिवारसँगको माफीनामा पत्र माग गरिएको एनजिओकर्मी रायले फेसबुक स्टेटसमा दाबी गरेका छन् ।
उनले लेखेका छन् :

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…