उमेशको ब्लडमनी बारे कुनै फैसला भएको छैन : राजदुतावास
न्यूज ब्यूरो || जनकपुरधाम, १९ बैशाख । पाकिस्तानी नागरिक मो. लतिफ वसिरको हत्या गरेको आरोपमा विगत १२ वर्षदेखि सउदी अरेबियाको जेलमा रहेका धनुषाको उमेश यादवको ब्लडमनी बारे कुनै पनि प्रकारको फैसला नभएको स्पष्ट गरिएको छ । सउदी स्थित रहेको नेपाली दुतावासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उमेशको ब्लडमन

२०७५ बैशाख १९ बुधबार, राति ८:२८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो ||
जनकपुरधाम, १९ बैशाख । पाकिस्तानी नागरिक मो. लतिफ वसिरको हत्या गरेको आरोपमा विगत १२ वर्षदेखि सउदी अरेबियाको जेलमा रहेका धनुषाको उमेश यादवको ब्लडमनी बारे कुनै पनि प्रकारको फैसला नभएको स्पष्ट गरिएको छ ।
सउदी स्थित रहेको नेपाली दुतावासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उमेशको ब्लडमनी बारे कुनै पनि प्रकारको फैसला सउदी अदालतबाट नभएको र ब्लडमनीको सम्बन्धमा कुनै पनि जानकारी नरहेको स्पष्ट गरिएको छ ।
उमेश यादवको विषयमा नेपाली मिडियाहरुले राजदुत एवम् दुतावासका कर्मचारीहरु लगायत उदृत गरेकोप्रति ध्यानाकर्षण गर्दै ब्लडमनीको बारेमा कुनै पनि प्रकारको जानकारी नभएको उल्लेख गरिएको छ ।
उमेश यादव बचाउको लागि राजदुतावासले कानुनी उपाय खोजी गरी बचाउको लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरिएको छ ।
गत १५ अप्रिल २०१८ मा उमेशलाई मृत्यूदण्डको सजाय हुने गरी फैसला गरेकोमा उक्त फैसला उपर चित नबुझेकोले उमेश यादवको बचाउको लागि राजदुतावासद्धारा गत २६ अप्रिल २०१८ मा पुनरावेदन समेत गरिसकेको जनाईएको छ ।
नेपालबाट एनजिओ ग्रोविन्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायले पीििडत परिवारसँग भेट गर्न पाकिस्तान पुगेको र ब्लडमनी रु. ३० लाख दिएपछि मात्र उमेशको नाममा माफीनामा दिने भनेको बताएपछि देशविदेशबाट उमेश बचाउको लागि ब्लडमनी सँकलन कार्य सुरु गरिएको थियो ।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…