राजदूत सिँहले भने - 'उमेश यादवको लागि प्रार्थना मात्र गरिदिनुस्, सब कुशल हुन्छ'
अहिले पनि सबैको सहयोग र प्रार्थना पृथक साबित हुने

२०७५ पुस २३ सोमबार, राति ८:१६ बजे५ मिनेट पढाइ
जनकपुरधाम, २३ पुस । करिब १३ वर्षदेखि सउदी अरेबियाको जेलमा रहेका धनुषाका उमेश यादवको अवस्थाको बारेमा समाजिक सञ्जालमा नेपालीहरुको चासोको विषय बनेको छ ।
धनुषाको गाविस माचि झिटकैया वडा नं. ४ तथा हाल कमला नगरपालिका वडा नं. ३ पर्सा बस्ने भोला यादवका ३९ वर्षिय छोरा उमेश यादव बचाउ अभियानको लागि सम्पूर्ण नेपालीहरुले आ आफ्नो ठाउँबाट सहयोग गरेको छ । देश विदेशमा रहेका मधेशी मूलका नेपालीहरु सहित विभिन्न संघ सँस्थाहरुले समेत उमेश बचाउको लागि अथक प्रयास गर्दै आएको छ ।
यसै सन्दर्भमा समाजिक सञ्जालमा उमेश यादवबारे भईरहेको टिकाटिप्पणी र उनको मुद्दाको ताजा अवस्था बारे साउदी स्थित रहेको नेपाली दुतावासका राजदूत महेन्द्र सिँह राजपूतले उमेशको मुद्दा अहिले अदालतमा विचाराधिन रहेको भन्दै प्रक्रियागत नै हुने बताएका छन् ।
सोमबार (आज) न्यूज ब्यूरोसँग सउदीबाट कुराकानी गर्दै राजदूत सिँहले उमेश बचाउको लागि नेपालीहरुले आ आफ्नो ठाउँबाट चालेको कदम र गरेको प्रयासको अमूल्य बताए । उनले भने, - "उमेशको मुद्दा विचाराधीन छ अदालतमा । सउदीको कानुन बेग्लै छ, धेरै प्रक्रियाहरु छ । तर उमेशले न्याय पाउनुपर्छ । यसमा सबैले सहयोग नै गरेको छ । धन्यवाद छ उनीहरुलाई ।"
तल्लो अदालत देखि माथिल्लो अदालत सहित साउदीको राजासम्म यो मुद्दा जाने प्रक्रिया रहेको भन्दै चाहेको जति छिटो गर्ने कुरा आफ्नै हातमा नभएको औँल्याए । उनले भने, -"उमेशको बारेमा अहिले चर्चा गर्नु नै उचीत हुँदैन । उनको मुद्दा उपर सुनुवाई जारी छ । कति पेशी भयो, कति हुन बाँकी छ , अब कति समय लाग्छ यस्ता कुराहरु नगर्नु नै वेश हुनेछ । नेपाली दूतावासले उमेश बचाउको लागि तथा उमेश सँग न्यायको लागि हरेक कदम चालेको र अदालतमा अपिल पनि दूतावासले गरिसकेको छ । अव प्रक्रियागत रुपमा मुद्दा उपर सुनुवाई हुँदैछ ।"
उमेश बचाउको लागि नेपाल सहित देश विदेशमा रहेका नेपाली युवाहरुले उमेशको लागि गरेको प्रयासलाई सराहना गर्दै उनले भने, सबैले आ आफ्नो ठाउँबाट उत्तिकै प्रयास गरेका हुन् । सरोज राय लगायत अन्य संघ सँस्थाहरुले समेत उमेश बचाउको लागि सहयोग गरेका हुन, कसैले असहयोग भने गरेका होईनन् । र अहिले पनि सबैको सहयोग र प्रार्थना पृथक साबित हुने छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…