फेसबुकमा युवतिसँग लभ : आफ्नै श्रीमति र छोरालाई जन्ती बनाएर विहे गर्न आएपछि फन्दामा !
टोलीले स्याङतान र उनकी श्रीमती र छोरालाई नियन्त्रणमा लिए ।

२०७६ बैशाख २७ शुक्रबार, बेलुकी ६:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । श्रीमतीलाई दिदी र छोरालाई भान्जा बनाएर बिहे गर्न आएका व्यक्तिलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपल्लान्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ घर बताउने ३५ बर्षका बीरबहादुर स्याङतानले रौतहटको चन्द्रपुर नगरपालिका १ की एक महिलासंग बिवाह गर्न श्रीमतीलाई दिदी र छोरालाई भान्जा बनाएर जन्ती आएको रहस्य खुलेपछि स्थानीयहरुले समातेर प्रहरीलाई खवर गर्दा इलाका प्रहरी कार्यालय चन्द्रपुुरको जिम्मा लगाएको हो ।
चार बर्ष अघि वैदेशिक रोजगारको शिलशिलामा स्याङतान साउदी अरबमा रहेका बखत समाजिक संजाल फेसबुक मार्फत रौतहट चन्द्रपुर नगरपालिका वडा नं १ की एक युवतीसंग मायाप्रिती बसेका थिए । स्याङतान विदेशबाट फर्किएपछि युवतीको घरमा केही दिन अघि आएर बैशाख २३ गते बिहे गर्ने कुरा पक्का गरेर फर्केको थियो ।
स्याङतानको आश्वासन पश्चात केटी पक्षद्धारा बिहेका लागि सबै समान ठिक पारेर बसेको भएपनि केटा पक्ष २३ विहान नआई रातीको समयमा श्रीमती र छोरालाई लिएर विहे गर्न टुपलुक्क आईपुगे । बिहेको मिति पक्का भएको दिनमा विहान बेहुला नआएपछि केटी पक्ष निराश भएको तर राति आइपुग्दा बेहुला बनेर आएका केटा बेहुलाको लुगा नलगाएको र नत बेहुलीको लागि चाहिने समाननै नल्याउदा केटी पक्षको आफन्तहरुले शंका गरे ।
सोमबार राती आएका स्याङतानको बिषयमा शंका लागेर स्थानीयहरुले एक घरमा तिनै जनालाई थुनेर राखे । मंगलबार बिहान केरकार गर्दा उनीसंग आएका दुईजना आफ्न्त अरु नभई आफ्नै श्रीमती र छोरा भएको खुलासा भए । यो खवर आगो जस्तै गाउमा हल्ला खल्ला भएर ईलाका प्रहरी कार्यालय चन्दपुरलाई खवर गरियो । प्रहरी टोलीले टोलीले स्याङतान र उनकी श्रीमती र छोरालाई नियन्त्रणमा लिए ।
प्रहरीको नियन्त्रणमा रहेका स्याङतानले लामो समय देखी फेसबुकको माध्यमबाट लभ परेको र आफुले बिहे गर्छु भनेर राजिखुशीबाट विहे गर्न आएको बताए । तर जेठी श्रीमती र छोरा छदाछदै अर्को विहे गर्न आएको कुरा गर्दा केही बोलेनन् । जेठी श्रीमतीलाई फकाउन केही समय लागेका कारण एक दिन ढिला स्याङतानले बताए ।
डाडा टोलका स्थानीय बासिन्दाहरुका अनुसार यिनीहरु केटी बेच्ने दलाल भएको आशंकामा प्रहरी बोलाएर बुझाएका हौ । केटीको घरबाट पक्राउ परेका स्याङतान र उनकी श्रीमतीको बिषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका पहरी निरीक्षक राजन थापाले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…