धनुषामा पशुको लागि पनि स्वास्थ्य शिविर
समय समयमा जिल्ला पशु कार्यलय धनुषाबाट यी सेवा दिदै आएको छ ।

२०७६ बैशाख २५ बुधबार, राति ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका द्वारा संचालित एक दिने स्वास्थ शिविर भएको छ ।
पशुमा लाग्ने महामारी रोगहरु लाग्नबाट बच्न तथा रोक्नको लागि धनुषाधाम नगरपालिकाको सहयोगमा आयोजना गरिएको निःशुल्क शिविरमा धनुषा नपा वडा नं. ५ नौसयविघाका किसानहरु लाभान्वित भएका छन् । आर्थिक वर्ष ७५/७६ मा नगरपालिकाबाट रकम विनियोजना गरी पशु सेवा शाखाद्धारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
पशुवस्तुमा लागने महामारी रोग भ्यागुतो र चरचरे रोगको रोकथाम को लागि खोप सेवा ,बाख्रामा लाग्ने पि.पि. आर रोगको खोप सेवा र परजीवी नियन्त्रणका औषधिहरुका साथै बाझौपन निवारण सेवा कू.ग. सेवा, बन्ध्याकरण सेवा सहित विभिन्न प्रकारका रोगहरुको औषधी समेत निःशुल्क रुपमा वितरण गरेका छन् ।
सो शिविरबाट करिब ९ सय बाख्रा, ६ सय बढी गाई र ५ सय बढी भैसी लगायत विभिन्न जातीका पशुलाई औषधि प्रदान गरिएको हो भने बाख्राहरु लाई शल्यक्रिया समेत गरिएको पशु सेवा शाखा प्रमुख बिशनुदेव यादवले बताए ।
किसान र नगरका जनताका लागि नगरपालिकाले अझ नयाँ नयाँ कार्यक्रमहरु ल्याइरहने वडा ५ का वडाध्यक्ष ईन्द्रकुमार महतो प्रतिवद्धता गरे । विभिन्न समयमा जिल्ला पशु कार्यालयले यस प्रकारका विभिन्न सेवाहरु दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…