फोरम र नयाँ शक्तिको एकताको खुशीयालीमा दिप प्रज्वलन
यो एकीकरणसँगै नेपालमा नयाँ वैकल्पिक शक्तिको उदय भएको सहमतिपत्रमा दाबी गरिएको छ ।

२०७६ बैशाख २३ सोमबार, बेलुकी ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकताको खुशियालीमा सिरहामा दिप प्रज्वलन गरिएको छ । आज राजधानीमा एक समारोहबीच गरिएको पार्टी एकीकरण घोषणाको खुशियालीमा पार्टीका कार्यकर्ताहरु दिप प्रज्वलन गरेका हुन् ।
दुबै पार्टी एकीकृत भएर आज एउटा पार्टी बनेको छ । नयाँ पार्टीको नाम समाजवादी पार्टी राखिएको छ । दुबै पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरिएको हो ।
देशको दुई शक्ति एक भएको निर्णयलाई स्वागत गर्दै सिरहाको कर्जन्हा नगर समितिले दिप प्रज्वलन गरेर खुशियाली मनाएको तत्कालिन नयाँ शक्तिका प्रभात महतोले जानकारी दिए ।
पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिलाई रक्षा र विकास प्रतिबद्ध रहने समझदारी पत्रमा उल्लेख गरिएको छ । एकीकरणको घोषणासँगै फोरम र नयाँ शक्तिदुबै विधिवत रुपमा विघटन भएको छ ।
यो एकीकरणसँगै नेपालमा नयाँ वैकल्पिक शक्तिको उदय भएको सहमतिपत्रमा दाबी गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…