यो कस्तो समाज : जानकी मेडिकलदेखि कमला नदिसम्मको विरुवा एकैरातीमा कसले काटे ?
करिब ७ ७ फिटको अग्लो आँपका विरुवाहरु काट्ने केही शंकास्पद व्यक्तिहरुको पहिचान भईहरेको

२०७६ बैशाख १९ बिहीबार, बिहान ११:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पर्यावरण जोगाउनको लागि पर्यावरण अभियानीहरुले दिनरात महिनेत गरेर आम जनताको लागि खटिरहेको बेला धनुषामा विध्वंश मच्चाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १ मा पर्ने जानकी मेडिकल कलेजदेखि कमला नदीसम्म लगाइएको आँपको विरुवा काटिदिएपछि अभियानीहरु सहित त्यही समाजका अगुवाहरु पनि तनावमा परेका छन् । जानकी मेडिकल कलेजदेखि कमला नदीसम्म जाने बाटोमा लगाइएको २ हजार आँपको विरुवामध्ये २८ वटा विरुवालाई धारिलो हतियारले काटेर नष्ट पारिदिएका छन् ।
मेडिकल कलेजदेखि हुँदै बनियाँ, गोपालपुर, तारापट्टि, कजरा रमौल हुँदै कमला नदीसम्मको बाटोमा बाटोको दुवै तर्फ बृक्षारोपण गरिएकोमा त्यस मध्ये गोपालपुर सम्म २०० बिरुवा २ बर्ष अघि रोपिएकोमा बुधबार मध्य रातिमा केहि अबाञ्छित तत्वले उक्त रुखहरु काटेर नोक्सानी गरेको अभियानी सुरेश शर्माले जानकारी दिए ।

उनले भने, - "क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. १ र लक्ष्मिनिया गाउँपालिकाको एक वडापनिसँगै सडक रहेको छ । लक्ष्मनीयाँ गाउँपालिकाका वडाध्य्क्ष फुलगेन यादबले आज बिहानै रुँदै फोन गर्नुभयो । सडकको छेउमा लगाइएको आँपको बोटहरुलाई कसैले नष्ट पारिदिएको छ ।"
वडाध्यक्षको जानकारीपछि घटनास्थल पुगेका अभियानी शर्मा सहित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका टोली तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञान कुमार महतो स्वयंम पुगेर मुचुल्का लिएको जानकारी दिए । घटनास्थलमा जांदा रोपिएका करिब २ हजार बिरुवा मध्ये फल्न लागेको अवस्थाका २८ वटा आंपका विरुवालाई अत्यन्तै क्रुरतापूर्वक नष्ट गरेको बताइएको छ ।
करिब ७ ७ फिटको अग्लो आँपका विरुवाहरु काट्ने केही शंकास्पद व्यक्तिहरुको पहिचान भईहरेको तथा प्रमाणको आधारमा कानुन बमोजिम कारवाही गर्न प्रशासन तत्पर रहेको अभिायनी शर्माले बताए । उनले जिल्ला प्रशासन कार्यालय धनुषा, वन कार्यालय धनुषा र स्थानीयवासीहरुको सहयोगमा दोषी पत्ता लगाई कारवाही गर्ने आवश्वास प्रशासनबाट पाएको जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…