मधेश तराई फोरम पार्टी नेकपामा विलय !
समायोजनपछि अध्यक्ष यादवले आफ्नो पार्टीका नेता कार्यकर्ताको नेकपामा उचित स्थान मिल्ने पनि विश्वास गरे।

२०७६ बैशाख १७ मंगलबार, दिउँसो ४:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कैलाली । तराईमा क्रियाशील अमर यादव नेतृत्वको मधेश तराई फोरम पार्टी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ।
मंगलबार एक कार्यक्रमबीच अध्यक्ष अमर यादवसहितका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोरमका अध्यक्ष यादवसहितलाई टीका माला लगाएर नेकपामा प्रवेश गराएको हो। नेकपामा प्रवेश गरेसँगै मधेशतराई फोरम विलय भएको छ।
मधेशको नाम भजाएर मधेसी दलले मधेसी नागरिकमाथि खेलबाड गरिरहेकाले त्यस्तो प्रवृत्तिलाई परास्त गर्न आफूहरु देशको सबैभन्दा ठूलो दल र विकाश र समृद्धिमा लागिपरेको दल नेकपामा प्रवेश गरेको यादवले बताए।
अमर यादवले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट अलग हुँदै छुट्टै पार्टी गठन गरेको थियो। नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको पहलमा यादवसहितको टोली नेकपा प्रवेश गरेको हो। समायोजनपछि अध्यक्ष यादवले आफ्नो पार्टीका नेता कार्यकर्ताको नेकपामा उचित स्थान मिल्ने पनि विश्वास गरे।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…