RIP - आगो लगाइएकी निर्मला पनि रहिनन् !
२०७५ असार १८ गतेको दिन निर्मला र मुकेशको विवाह भएको थियो ।

२०७६ बैशाख १६ सोमबार, बेलुकी ५:२५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हातखुट्टा बाँधेर जीउभरि मट्टितेल छर्की आगो लगाइएकी धनुषाकी निर्मला गोईतको उपचारको क्रममा निधन भएको छ ।
सोमबार दिउँसो करिब ३ बजे निर्मलाले काठमान्डौँको वर्ण हस्पिटलमा अन्तिम साँस लिएकी थिइन् । गत बैशाख ५ गते विहानै उनका पति शहिदनगर नगरापलिका वडा नं. १ ठुलो चिरैयाका मुकेश कुमार गोईतले आपसी विवादका कारण घरमा थुनेर जीउभरि मट्टितले छर्केर आगो लगाई दिएका थिए ।
धनुषाकै कमला नगरपालिका वडा नं. ५ बस्ने निर्मलाको आगोको कारण ३५ प्रतिशत शरिरको भाग जलेको थियो । त्यतिबेला नै चिकित्सकले उनलाई शिघ्र सर्जरी नगरे निर्मलाई बचाउन गाह्रो हुने बताएका थिए । शरिरको ४० प्रतिशत भाग जलेपछि मान्छे बचाउ गाह्रो हुने चिकित्सकको भनाई छ ।
यो पनि पढनुहोस् : दहेजको विकराल रुप : धनुषाकी एक युवति उपर मट्टितेल छर्केर श्रीमानले लगाए आगो !
निर्मलालाई आगो लगाएर भागेका मुकेशको घरमा कोही पनि थिएनन् जलिरहँदा निर्मला ज्यानको भिख माग्दै बचाउनको लागि चिच्याएपछि तुरुन्तै आएका छिमेकीहरुले उनको जीउ उपर पानी खन्याएपनि त्यतिबेलासम्म उनको शरिरको ३५ प्रतिशत भाग जलिसकेको थियो । मौकैमा जनकपुर अञ्चल अस्पताल ल्याइएकी निर्मलालाई उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमान्डौँ रिफर गरिएको थियो ।
नव विवाहित निर्मलाले वैवाहिक जीवनको विभिन्न दृश्यहरु नदेख्दै अदृश्य भईन । निर्मलाको १० महिना अघि मात्र समाजिक परम्परा अनुसार विवाह भएको थियो । २०७५ असार १८ गतेको दिन निर्मला र मुकेशको विवाह भएको थियो ।
यो पनि पढनुहोस् : धनुषामा श्रीमानद्धारा आफ्नै श्रीमति उपर हथौडा प्रहार !
वैशाख ५ गतेको दिन विहान मुकेश र निर्मला बिच झगडा भएको थियो । सोही झोकमा निर्मलालाई मट्टीतेल छर्केर आगो लगाइ मार्ने प्रयास गरेको हुन सक्ने स्थानीयहरुको भनाई छ । घटना पश्चात मुकेश फरार भएका छन् । माइतपक्षले छोरी निर्मलालाई हत्या गर्ने प्रयास भएको भन्दै पति मुकेश गोइत यादव, ससुरा झरी गोइत यादव र सासुमाथि ज्यान मार्ने उद्योगमा कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । निर्मलाकी बुबा कामे भुसकुलियाले जाहेरी दर्ता गराउनु भएको छ । तर पति मुकेश अहिलेसम्म पक्राउ परेको छैन ।
यसअघि गत वैशाखमा १२ गते मात्र घरायसी विवादमा पतिले मट्टी तेल खन्याएर जलाएकी सिरहाको कल्याणपुर नगरपालिका ८ की २१ वर्षीया कञ्चनको वैशाख १३ गते मृत्यु भएको थियो । उनका पति बेचन मण्डल खत्वेले मट्टी तेल खन्याएर जलाएका थिए ।
यो पनि पढनुहोस् : दानवताको पराकाष्ठा : सिरहामा एक महिलालाई मट्टीतेल छर्केर जलाइए, अवस्था गम्भीर !
आगोबाट ८० प्रतिशत भाग जलिसेको कञ्चनको उपचारको क्रममा गत शुक्रबार अपराहन्न पौने ६ बजे भक्तपुरको साखु स्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । कञ्चनकी पति पनि अहिलेसम्म फरारकै अवस्थामा छ ।
यस्तै, रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ३ चण्डीहा गाउँ बस्ने बर्ष २४ को विवेक तिवारीको २२ बर्षिया श्रीमती निशा उपाध्याय तिवारीलाई दाईजोको निहुँमा चरम यातना दिई हत्या गरेर आत्महत्या बनाउन पासोमा झुण्डयाइएको आरोप माईती पक्षका दाई दिलिप उपाध्यायले लगाएको हो ।
यो पनि पढनुहोस् : अब हामीबीच रहिनन् कञ्चन !
गढीमाई नगरपालिका वडा नम्वर ५ मदनपुरका रामबाबु उपाध्यायको भतिजी निशाको राजदेवी नपा चण्डिहा बस्ने विरेन्द्र तिवारीको छोरा विवेक संग २०७३ साल फागुन २२ गते मागी विहे समाजिक परमपरा अनुसार भएका थिए ।
विहेमा नगद ८ लाख, मोटरसाइकल, टिभी, दराज लगायतका सामानहरु दिएपनि सुत्नका लागि खाँट नदिदा ज्वाईले पटक पटक बहिनीलाई प्रताडित गर्दै यातना दिएको मृतक निशाको भाउजु रेखा तिवारीले बताईन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…