धनुषामा श्रीमानद्धारा आफ्नै श्रीमति उपर हथौडा प्रहार !
पूनम र श्यामको एक ८ बर्षिय छोरी तथा ५ बर्षिय एक छोरा रहेका छन् ।

२०७६ बैशाख १० मंगलबार, बेलुकी ७:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आफ्नै श्रीमतिलाई टाउकोमा हथौडा प्रहार गरेपछि श्रीमति घाईते भएकी छन् ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी कटैया टोलमा बस्ने स्थानीय ढोरिया भन्ने चन्दर साह सोनारकी २७ बर्षिय छोरी पूनम देवी साह सोनारलाई उनकै श्रीमान ३२ बर्षिय श्याम साह सोनारले हथौडा टाउकोमा प्रहार गरेका छन् । वर्षौदेखि घर ज्वाई बस्दै आएका जनकपुरधाम उपहानगरपालिकाको देवपुरा रुपैठा बस्ने साहले रिसले चूर भई पूनम उपर हथौडा प्रहार गरेको स्थानीय राजेश ठाकुरले बताए ।
धनौजीको कटैया चोकमा फलफूल, चुडी लहठी र सिलाईको पसल थाप्दै आएकी पूनमलाई उनका श्रीमान श्याम पनि सघाउँदै आएका थिए । मँगलबार अपरान्ह दुई पत्नीपत्नीबीच भनाभन हुँदा रिस थाम्न नसकेर श्यामले पूनमको टाउको उपर हथौडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए ।
"श्रीमान श्रीमतिबीचको घरायसी झगडाले उग्र रुप लिएपछि उनको श्रीमानले उनलाई पसलमै रहेको हथौडा प्रहार गरेका छन् । पूनमलाई अहिले जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि ल्याइएको छ । उनको अवस्था मध्यम रहेको छ । न गम्भिर घाईते न समान्य अर्थात मध्यम स्वास्थ्य अवस्था रहेको छ ।" - डिएसपी कार्कीले भने ।
उनीहरुबीच झगडा किन र के कारणले भएको बारे खुल्न सकेको छैन भने हथौडा प्रहार गरेपछि पूनम तत्कालै भूईंमा ढलेकी थिइन् । भूईमा ढले लगत्तै उनका श्रीमान आरोपि श्याम साह सोनार फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता, फरार श्यामको खोजविन तीव्र पारिएको जनाइएको छ ।
पूनम र श्यामको एक ८ बर्षिय छोरी तथा ५ बर्षिय एक छोरा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…