अब हामीबीच रहिनन् कञ्चन !
उनको उपचारकै क्रममा दिउँसो ज्यान गएको परिवारले जनाएको छ ।

२०७६ बैशाख १३ शुक्रबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विहिबार विहानै जिउँदै जलाइएकी सिरहाकी कञ्चन खत्वेको उपचारको क्रममा अस्पतालमै मृत्यू भएको छ ।
अनुहारसहित शरीरको अधिकांश भाग जलेर सिकिस्त भएकी सिरहा कल्याणपुर वडा नं. ८ की कञ्चनको मृत्यु भएको हो । काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा शुक्रबार (आज) ५ बजर २० मिनेटतिर उनको मृत्यु भएको काठमाडौंको साँखु प्रहरीलाई उदृत गर्दै सिरहाको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुखदेव खनालले जानकारी दिए ।
तत्कालै पुगेको ईलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उद्वार गरी उपचारका लागि मिर्चैया पठाएको थियो । मिर्चैयामा उपचार हुन नसक्दा धरानस्थित घोपा क्याम्प पठाइएको थियो । घोपा क्याम्पमा पनि उपचार स्म्भव नभएपछि शुक्रबार उनलाई काठमाडौं लगिएको थियो ।
उनको उपचारकै क्रममा दिउँसो ज्यान गएको परिवारले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुखदेव खनालले जानकारी दिए ।
यस घटना सम्बन्धी अन्य समाचारहरु
दानवताको पराकाष्ठा : सिरहामा एक महिलालाई मट्टीतेल छर्केर जलाइए, अवस्था गम्भीर !
मट्टितेल छर्केर जलाइएकी कञ्चनलाई प्रदेश सरकारको १ लाख, सहयोगको अपील !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…