सप्तरीमा एक वडाध्यक्ष २५ हजार घुससहित रँगेहात पक्राउ !
वडाअध्यक्ष मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

२०७६ बैशाख १६ सोमबार, दिउँसो २:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा एक वडाध्यक्ष २५ हजार रुपैयाँ घुसहित अख्तियारको फन्दामा परेका छन् । सप्तरीको सुरुङ्गा नगरपालिकाका वडा न. ५ का वडाअध्यक्ष शिल्टु मियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २५ हजार घुससहित पक्राउ गरेको हो ।
वडाध्यक्ष मियाँले एकजना सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई फन्दामा पारेको छ । उनलाई आज बिहानै रंगेहात पक्राउ गरिएको हो ।
पक्राउ परेका वडाअध्यक्ष मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…