जनकपुर : विवाहमण्डमा १९ बर्षिय किशोरीसँग ५० बर्षे अधबैशेको मालाफेर विवाह अधुरै !
तराई मधेश विभिन्न लोभ लालचमा परी यस्तो विवाह हुने क्रम रोकिएको छैन ।

२०७६ बैशाख १२ बिहीबार, दिउँसो २:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक १९ वर्षिय किशोरीसँग ५० बर्षे अधबैशें व्यक्तिले अनमेल विहे गर्न खोज्दा धनुषा प्रहरीले विहे रोक्का गराएका छन् ।
जानकी मन्दिर लगत्तै रहेको विवाहमण्ड (मडवा) मा दुई परिवारबीचको सहमतिमै भईरहेको विहे धनुषा प्रहरीले रोक्दै विवाहस्थलबाट ५ जनालाई पक्राउ समेत गरेको हो । सिरहाको औरही गाउँपालिका वडा नं. ३ बस्ने हरिनारायण यादवकी १९ बर्षिय छोरी विभा कुमारी यादव र सिरहा जिल्लाकै बरियारपट्टि गाउँपालिका वडा नं. ५ हरिपुर बस्ने बर्ष ५० का जिबेन्द्र नारायण यादवको विहे भईरहेको खवर पाएलगत्तै प्रहरी सक्रिय भएको थियो ।
बुधबार साँझै उनीहरु विवाह मण्डपमा मालाफेर विवाह गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको टोलीले विवाह रोकेको हो । त्यतिबेला नै प्रहरी पुगेर विवाह रोकेर बेहुलीका बुवा, ठूलो बुवा, दाजु र बेहुला पक्षका दुई जना गरी कुल ५ जनालाई मण्डपबाटै पक्राउ गरे । तर आज उनीहरूले कानूनको उल्लङ्घन नगर्ने कागज गरेपछि प्रहरीले तारेखमा रिहा गरेको छ ।
उनीहरु उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को विवाह सम्बन्धी कसूर अन्तर्गत विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष पुगेको हुनुपर्छ । तर उमेर बेहुलीको १९ वर्ष मात्र रहेका बालविवाहले गर्दा विवाह रोकिएको जनाइएको छ । दुवै पक्षले यतिको उमेर फरकमा कसरी विवाहको लागि राजी भएको भन्ने अन्यौल छ ।
तराई मधेश विभिन्न लोभ लालचमा परी यस्तो विवाह हुने क्रम रोकिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…