डोम समुदायकी छोरीको विहे खर्च जोहो गर्नु पाप ? : राज्यमन्त्री मण्डल
उनले राधाको आदर्श विवाह गराएर आफ्नो मानवताको धर्म निर्वाह गरेको प्रतिक्रिया दिएका छन् ।

२०७६ बैशाख १२ बिहीबार, दिउँसो १:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले डोम समुदायकी गरिबकी छोरीलाई विहे गराईदिँदा राजनीतिकरण भएको गुनासो पोखेका छन् ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ३ परसाही गाउँका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको राज्यमन्त्री मण्डलले विहे खर्च तिरेर आदर्श विवाह गराईदिएपछि त्यसैलाई बालविवाहको मुद्दा बनाएर राजनीतिकरण गरिएको गुनासो मन्त्री मण्डलले गरेका छन् ।
राज्यमन्त्री मण्डलले न्यूज ब्यूरोसँग भने,- 'किशोरीको उमेर पुगेको छ, समाजबाट बालविवाहलाई परास्त गर्ने अभियानमा जुटेका हामी यस्तो कसरी गर्न सक्छौं र ? सोच्नुपर्ने कुरो हो, मैले एउटा समाजिकता र सहयोगको भावले सहयोगी भूमिका निभाए, समाजमा विद्यमान रहेको छुवाछूत तथा भेदभाव अन्त्य गर्न मेरो प्रयास उदाहरणीय होस् भनेर कदम बढाए । तर, केहीले ब्यक्तिगत्त तथा अन्य रिसइवीले व्यक्तित्व विगार्न बालविवाह भनेर हल्ला फिजाए ।'
यो पनि पढनुहोस् : डोम समुदायकी छोरीलाई राज्यमन्त्री मण्डलले गराए बिहे
घरपरिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले राज्यमन्त्री मण्डल स्वयम अविभावक बनेर समेत जन्तीहरुलाई स्वागत गरे । गरिबीको रेखामुनी किचिएका एक डोम परिवारमा राज्यमन्त्री मण्डलले खुसियाली ल्याइदिए ।
तराई मधेस सहित देशकै विभिन्न ठाउँमा अहिले पनि छुवाछूत कायमै रहेकाले यसलाई जरैदेखि उखेल्न आफूले यस्तो भूमिका निर्वाह गरेको उनले बताए ।
विभिन्न सँचारमाध्यममा विभिन्न राजनैतिक दलका प्रतिनीधिहरुले त्यही विवाहलाई मुद्दा बनाएर मन्त्री मण्डलले बाल विवाह गराएर कसुर गरेको प्रतिक्रिया दिएका छन् ।
मन्त्री मण्डलले यस सन्दर्भमा बोल्दै समाजिक र मानवताको धर्म निर्वाह गर्दा पनि यसै समाजले राजनीतिकरण गरेर हटाउन खोजेको दुखेसो पोखे । उनले यस्तोमा ती अल्पसँख्यक, सीमान्तकृत, दलित र उत्पीडनमा परेका समुदायले राज्यको मूलधारमा आउन सक्ने स्थिति नरहने जनाए ।
उनले भर्खरै वैवाहिक बन्धनमा बाँधिएकी राधा मल्लिक २० वर्ष पुरा गरी लगभग २१ वर्षकी भएकी दाबी गरेका छन् । उनले राधाको आदर्श विवाह गराएर आफ्नो मानवताको धर्म निर्वाह गरेको प्रतिक्रिया दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…