डोम समुदायकी छोरीलाई राज्यमन्त्री मण्डलले गराए बिहे
छुवाछूत कायमै रहेकाले यसलाई जरैदेखि उखेल्न आफूले यस्तो भूमिका निर्वाह गरेको उनले बताए ।

२०७६ बैशाख ११ बुधबार, दिउँसो १:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले डोम समुदायकी एक छोरीलाई अभिभावकत्व प्रदान गर्दै विहे गराईदिएका छन् ।
गरिबीको रेखामुनी किचिएका एक डोम परिवारमा राज्यमन्त्री मण्डलले खुसियाली ल्याइदिएका हुन । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ३ परसाही गाउँका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको विवाह राज्यमन्त्री मण्डलले विहे खर्च तिरेर आदर्श विवाह गराईदिएका हुन् ।
घरपरिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले राज्यमन्त्री मण्डल स्वयम अविभावक बनेर समेत जन्तीहरुलाई स्वागत गरे । तराई मधेस सहित देशकै विभिन्न ठाउँमा अहिले पनि छुवाछूत कायमै रहेकाले यसलाई जरैदेखि उखेल्न आफूले यस्तो भूमिका निर्वाह गरेको उनले बताए ।
राज्यमन्त्री मण्डलले वैबाहिक कार्यमा सरिक भई वरबधुलाई आशिर्वाद समेत प्रदान गरे । नेपाल सरकारको अल्पसँख्यक समुदायमा गन्ती गरिएको डोम समुदायको अधिक प्रतिशत जनसँख्या अहिले पनि चरम गरिबीको रेखामुनी जीवन व्यतित गर्न बाध्य भएको देखिएको छ ।
सीमान्तकृ समुदायको रुपमा पनि स्थापित गराइएको उक्त समुदायलाई राज्यको मूलधारमा ल्याई उनीहरुको सर्वागिंन विकासको लागि आफू लागि परेको राज्यमन्त्री मण्डलले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…