शिक्षा ऐन यथाशीघ्र जारि गर्न माइतिघरमा 'युथ एडभोकेसी' को प्रदर्शन
शिक्षा ऐन छिटो भन्दा छिटो जारि गर्नुपर्ने र शिक्षा क्षेत्रमा बढेको विकृतिलाई पनि थप नियन्त्रण तर्फ सरकार लाग्नु पर्ने
२०७६ बैशाख १२ बिहीबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । शिक्षा ऐन यथाशिघ्र लागू गर्नुपर्ने भन्दै काठमान्डौँको माईतीघरमा युथ एडभोकेसी नेपालले प्रदर्शन गरेका छन् ।
मुलुकमा संधीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधान जारि भएको लामो समय व्यतीत भइसकेको जनाउँदै शिक्षा क्षेत्रले पनि समयसापेक्ष समग्र परिवर्तनको लाभ लिन सक्नुपर्छ भन्दै प्रदर्शन गरेको हो ।
शिक्षा मा २० प्रतिशत लगानि गर्छु भन्दै अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिवद्धता जनाउने तर शिक्षामा १० प्रतिशत मात्र छुट्याउन खेद्पुर्ण रहेको भन्दै यस्ता नीति विरुद्ध प्रर्दशन गरिएको युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले जनाए ।
शिक्षा निति तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने मन्त्री नै स्वयंम निजि विधालय संचालन गरेर बसेको भन्दै आक्रोस व्यक्त गर्दा अन्य संघसंस्थाहरुको साझा धारणा अनुरुप शिक्षा ऐन छिटो भन्दा छिटो जारि गर्नुपर्ने र शिक्षा क्षेत्रमा बढेको विकृतिलाई पनि थप नियन्त्रण तर्फ सरकार लाग्नु पर्ने जीकिर गरे ।
शिक्षामा २० प्रतिशत लगानि गर , सार्वजानिक शिक्षामा नागरिक साझेदारी गर , शिक्षामा समान पहुँचको निर्माण गर मूल नाराका साथ संविधानमा संघीय संरचना सुहाउँदो गुणस्तरिय सार्वजनिक शिक्षा प्रणालीको परिकल्पना गरि संविधानतः मौलिक हकको रुपमा सुनिश्चित गरिएको जनाए ।
त्यसै अनुरुप नेपालको शिक्षा प्रणालीमा खोट छ भन्दै शिक्षाका लागि राष्ट्रिय अभियान भन्ने संस्थाको आयोजना तथा युथ एड्भोकेसि नेपाल , सि.जि.प, सृजनशिल दिदिबहिनी लगाएत २० बढि अन्य संघसंस्थाहरुको सहआयोजनामा माइतिघर मण्डलामा सरकारलाई झक्झकाउनका निम्ति २०० बढि शिक्षा अधिकारकर्मी र युवाहरुको उपस्थितीमा प्रर्दशन गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
बिनय कार्कि
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…