'अब जनताले स्वयंम देश चलाउन सक्छ, यस्ता नेताको जरुरी नै छैन' : श्रवण बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । तत्कालिन माओवादीका अनुभवी एवम् दिग्गज नेता मानिएका योग कुमार बरबरिया (श्रवण बरबरिया यादव) ले ठुला नेताहरुको मगज ठिक नभएको प्रतिक्रिया दिएका छन् । नेकपाले पार्टीको जिल्ला कमिटिको लागि बरबरियालाई सचिव पदमा छनौट गरी पठाएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले भने, - "नेपालको जनता

२०७६ बैशाख ९ सोमबार, राति ८:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तत्कालिन माओवादीका अनुभवी एवम् दिग्गज नेता मानिएका योग कुमार बरबरिया (श्रवण बरबरिया यादव) ले ठुला नेताहरुको मगज ठिक नभएको प्रतिक्रिया दिएका छन् ।
नेकपाले पार्टीको जिल्ला कमिटिको लागि बरबरियालाई सचिव पदमा छनौट गरी पठाएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले भने, - "नेपालको जनता अब त्यतिको समझदार भईसकेका छन् की बिना नेताकै देश चलाउन सक्षम छन् । अब यहाँ कुनै ठुला नेताहरुको जरुरी नै छैन । मलाई पदको रतिभर पनि चिन्ता छैन, चिन्ता छ त केवल ती ठुला नेताहरुको मगज बिग्रियो की भनेर ।"
केही सँचारमाध्यमहरुले पूर्वाग्रह रुपमा बरबरियालाई सचिव पद दिएको भन्दै रुष्ट तथा असन्तुष्ट रहेको समाचार प्रकाशन प्रकाशित गरेपछि उनले न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा पद भनेको ठुलो बडो होईन, पद भनेको पद हो उनले दोहरयाए । उनले भने, - "मलाई सचिव पद दिएकोमा न हर्ष न विस्मातझैं छु ।"
सोमबार नेकपाले सार्वजनिक गरेको जिल्ला कमिटिको धनुषा अध्यक्षमा तत्कालिन एमालेका राजकिशोर यादवलाई चयन गरेका छन् भने सचिवमा श्रवण कुमार बरबरिया यादवलाई चयन गरी नामावली सार्वजनिक गरी पठाएको छ ।
"दुई पार्टी मिलेर नेकपा बनेको छ , यस्तोमा पदीय भागबण्डा मिलाउन गाह्रो हुनु स्वभाविक हो । यसलाई संशोधन गर्न सकिन्छ । "-उनले भने ।
उनले नेपालको ट्रेनको सँज्ञा दिँदै विना चालककै जयनगरबाट जनकपुरसम्म सुरक्षित आईपुग्ने जयनगर जनकपुर रेल्वे झैँ अब नेपाल विना चालककै चल्न सक्ने क्षमता निहित गरेको सुनाए । "जनता अब त्यतिको कमजोर छैनन नेपालका, यी भनौदा र ठुला नेताहरुको विना जनताले स्वयंम पनि देश चलाउन सक्ने शक्ति छ । यीनीहरुको अब कुनै काम छैन ।" उनले उपल्लो नेताहरुको निर्णयको तरिका उपर आक्रोस पोखे ।
फोन सम्पर्क मार्फत उनले आफ्नो पदप्रति कुनै प्रकारको असन्तुष्टि वा रुष्टता नभएको प्रष्टाए । उनी नेकपाका केन्द्रीय कमिटि सदस्य समेत हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…