प्रहरी हिरासतमा मृत्यू भएका राममनोहरको परिवारलाई १५ लाख !
डा. राउतले राममनोहरको सालिक समेत स्थापना गर्ने योजना सार्वजनिक गरे ।

२०७६ बैशाख ९ सोमबार, बिहान ८:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी हिरासतमा मृत्यू भएका तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहर यादवको परिवारलाई १५ लाख रुपैयाँ प्रदान गरिएको छ ।
आईतवार हजरत सैय्यद शाह बाबा सालाना उर्ष मेलाको उद्घाटन गर्न बाँके गएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मृतक यादवका परिवारलाई उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
यादवको परिवारका लागि क्षतिपूर्ति स्वरुप सरकारको तर्फबाट दिइएको १० लाख र जनमत पार्टी तथा गैरआवासीय मधेशी संघ अमेरिका, यूएई, कत्तार, साउदी अरब, मलेशिया र कुवेतको तर्फबाट सहयोगार्थ जम्मा गरिएको कुल ५ लाख गरि जम्मा १५ लाख रुपैयाँ डा. राउतले प्रदान गरेका हुन् ।
जम्मा १५ लाखबाट १ लाख २० हजार तत्काल नगद र बाँकी रकम बैंकको खातामा उपलब्ध गराइएको जनाइएको छ ।
जनमत पार्टीको पहलमै यादवका बच्चाहरुलाई स्थानीय विद्यालयमा पढ्ने व्यवस्था समेत मिलाइएको छ ।
राममनोहरको परिवारलाई भेट्न उनको घरमै पुगेका डा. राउतले राममनोहरको सालिक समेत स्थापना गर्ने योजना सार्वजनिक गरे ।
नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्यामन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलाई बाँकेमा कालो झण्डा देखाउँदा उनलाई प्रहरी हिरासतमा लिइएको थियो ।
पक्राउ गरिएको १ सातापछि उनको प्रहरी हिरासतमै शंकास्पद मृत्यू भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…