घोर अपराध : धनुषामा एक दलित महिलालाई कपाल मुण्डन, ८ जना पक्राउ !
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिगएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

२०७६ बैशाख ८ आइतबार, दिउँसो ४:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक दलित महिलालाई कपाल मुण्डन सहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहना बस्ने अन्दाजी वर्ष ३४ की स्थानीय एक मुसहर समुदायकी महिलालाई त्यही टोलकै केही पुरुषहरुले मिलेर दुरव्यवहार गरेको प्रहरीले जनाएको छ । 'गाउँलेहरु मिलेर कपाल मुण्डन गरि कुटपिट गरेका हुन् । शनिबार राति भएको सो घटना आइतबार मात्र सार्वजनिक भएपछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको छ ।"- धनुषा प्रहरीले जनाए ।
स्थानीय ४० वर्षीय रामदुलार सादा, २८ वर्षिय रामविनय सादा, ३७ वर्षिय हरिराम सादा, ३५ वर्षिया लुचवा सादा, ४१ वर्षिय शिवचरण सादा, ३५ वर्षिय राजवीर सादा, ३६ बर्षिय रन्जित सादा र १९ वर्षिय सन्तोष सादालाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिगएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
२१ औं शताब्दीमा पौराणिक सोंच र अन्धविश्वासमा पलाइरहेको समाजले एक दलित महिलालाई अभद्र आरोप लगाउँदै कपाल मुण्डन गरिदिएको तथा कुटपिट समेत गरेको जानकारी पाएलगत्तै जिल्ला प्रहरीको टोलीले तत्कालै महिलालाई उद्धार गरी घटनामा संलग्नहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।
सो घटनामा पक्राउ परेकाहरुलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गराइ अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…