कर्जन्हाको फोरम नगर अध्यक्षमा 'साह' निर्विरोध
नगर अध्यक्षमा साह चयन भएपछि नगर स्तरमा पार्टीलाई थप बलियो बनाउने प्रण गरे ।

२०७६ बैशाख ८ आइतबार, बिहान ११:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । संघीय समाजवादी फोरम नेपालको कर्जन्हा नगर अध्यक्षमा केशव साह निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न अधिवेशनबाट निर्वाचन टोलीले उनलाई नगर अध्यक्षमा निर्विरोध घोषणा गरेका हुन् ।
हालाकी, गत चैत्त २९ गते भएको नगर स्तरीय प्रथम अधिवेशनबाट समेत नगर अध्यक्षमा साह नै चुनिएका थिए । तर, उक्त अधिवेशन उपर केहि स्थानीय नेताहरु प्रश्न खडा गर्दै सस फोरम नेपालको जिल्ला कार्यालयमा निवेदन दिएका थिए ।
निर्वाचन प्रक्रियामै गएर नगर अध्यक्ष छनोटको जिम्मेवारी पाएका टोलीले साहलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।
यससँगै, सस फोरम नेपालको विधान बमोजिम कर्जन्हा नगरपालिकामा नगर अध्यक्षसहित ३१ जनाको नगर काॠ समिति चयन गरिएको छ ।
नगर अध्यक्षमा साह चयन भएपछि नगर स्तरमा पार्टीलाई थप बलियो बनाउने प्रण गरे ।
नगर अधिवेशनमा फोरमको जिल्ला ईन्चार्ज अशेश्वर यादव, जिल्ला अध्यक्ष वादल प्रसाद यादव, भूपू जिल्ला अध्यक्ष किशोरी यादव लगायत रेणु यादव सहितको उपस्तिथि रहेकोे थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…