मिर्चैयाको फोरम नगर अध्यक्षमा 'यादव' निर्वाचित
यादवले प्रतिद्वन्द्वी उम्मेदवार प्रभात कुमार सिँहलाई १३ मतले पराजित गरेका छन् ।

२०७६ बैशाख ५ बिहीबार, बेलुकी ६:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । संघीय समाजवादी फोरम नेपालको मिर्चैया नगर अध्यक्षमा रामदयाल यादव निर्वाचित भएका छन् । नगर अध्यक्ष छनोटका लागि बिहिवार भएको चुनावबाट यादव अध्यक्षमा छानिएका हुन् ।
यादवले प्रतिद्वन्द्वी उम्मेदवार प्रभात कुमार सिँहलाई १३ मतले पराजित गरेका छन् । उनी ४४ मत ल्याएर नगर अध्यक्षमा कब्जा जमाउन सफल भएका हुन् भने उनका प्रतिद्वन्द्वी सिँहले ३१ मत प्राप्त गर्दै पराजय भोगेका छन् ।
त्यस्तै, २ मत अर्का एकजना र एकजनाले १ मत प्राप्त गरेका छन् । आज भएको मतदानमा जम्मा ७८ वटा मत खसेको थियो ।
स्थानीय तहको चुनावताका आन्तरिक विवादका कारण उनी पार्टीबाट राजिनामा दिएपनि पछिल्लो समय भने पुनः फोरममा सक्रिय छन् । मधेश र मधेशीको हकहितको लागि लडाई लड्ने पार्टी मात्र संघीय समाजवादी फोरम नेपाल भएका कारण पुनः यसमै सक्रिय भएको उनी बताउँछन् ।
यादव यस क्षेत्रमा पार्टीप्रति वफादार भएर काम गरिरहेका कारण उनी चुनिएको यूवा सरोज यादवले बताए ।
प्राप्त भएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने यादवले प्रतिवद्धता जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…