दुःखद खवर : जनकपुरमा मृत भेटाइन महिला
महिलाको शव अहिले पनि पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

२०७५ चैत ३० शनिबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक महिलाको शव (लास) फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ जानकी चोक नजिकै पोखरी डिलमा एक महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यहाँ स्थित रहेको प्रसिद्ध अँगराजसर (अरगजा) पोखरीमा अन्दाजी वर्ष २५ की महिलाको शव पानीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
शुक्रबार अपरान्ह करिब ४ः१५ बजेको समयमा महिलाको शव पानीमा तैरिरहेको देखेपछि स्थानीयहरुले तत्कालै नजिकै रहेको जानकी प्रहरी चौकीमा खवर गरेको थियो । समयमै आएका प्रहरीले महिलाको शवलाई उठाएर पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा पठाएको हो । हालाकी, अहिलेसम्म महिलाको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शुक्रबार विहानै उदाउँदो सूर्यलाई अर्घ दिँदै चैत्ती छठ सम्पन्न भएको थियो । विहान छठ पर्व सम्पन्न भएलगत्तै अपरान्है महिलाको शव पोखरीमा फेला परेपछि विभिन्न शंका उपशंका उत्पन्न भएको छ । यस घटना बारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको छ भने महिलाको शव अहिले पनि पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…