राजपाद्धारा आन्दोलनको घोषणा, २९ गते देशभर सडक तताउने !
समर्थन फिर्ता लिएकै दिन राजपाले आन्दोलनको घोषणा गर्ने तयारी थालेका थिए ।

२०७५ चैत २७ बुधबार, दिउँसो ४:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलनको घोषणा गरेको छ । राजपाले बुधवार एक सर्कुलर जारी गर्दै २९ गते देशभर प्रदर्शन गर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो ।
राजपाका अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीद्धारा हस्ताक्षरित पत्रमा चैत २९ गते सबै जिल्लामा प्रदर्शन तथा कोणसभा गर्न सर्कुलर गरिएको छ ।
संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका ९ बुँदे एजेण्डा बोकेर राजपा आन्दोलनको घोषणा गरेको छ ।
वर्तमान संघीय सरकारबाट समर्थन फिर्ता लिएकै दिन राजपाले आन्दोलनको घोषणा गर्ने तयारी थालेका थिए ।
राजपाको सर्कुलर पत्र हेर्नुहोस् :

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…