धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढेका छौं : मुख्यमन्त्री राउत
अगामी आर्थिक वर्षमा प्रदेशको धार्मिक पर्यटकीय करिडोर निर्माणको कार्य शुरु हुने ।

२०७५ चैत २६ मंगलबार, बेलुकी ५:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासका लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् ।
सिरहाको लहान–१८ स्थित पकडीया गढको संरक्षण सम्बद्र्धनको उद्देश्यले आयोजित पाँचौ पकडीया गढ महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले धार्मिक पर्यटकीय क्षेत्रको सँरक्षण तथा विकासका लागि प्रदेश सरकार लागि परेको बताएका हुन् ।
उनले पकडीया गढको विकासको लागि समेत प्रदेश सरकारले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । पकडीया गढको वृहत डिपिआर तयार गर्न संरक्षण समितिलाई उनले आग्रह समेत गरेका छन् ।
अगामी आर्थिक वर्षमा प्रदेशको धार्मिक पर्यटकीय करिडोर निर्माणको कार्य शुरु हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले राजा सहलेशको गाथासँग जोडिएको पकडीया गढलाई पनि करिडोर भित्रै राखेर विकास कार्य अघि बढाउने उल्लेख गरे ।
धार्मिक पर्यटकीय करिडोरको निर्माण पछि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारले राखेको बताउँदै उनले त्यसपछि यस क्षेत्रमा आर्थिक गतिविधी तीब्र हुने विश्वास लिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…