नेता 'प्रभू साह' जसको यो कामले जनतामा छायो उत्साह !
चुनावी घोषणा पत्रका साथ चुनाब लडेका साहले आफुले गरेको बाचा पूरा गरेपछी जनता खुशिले गदगद हुनु स्वाभाविक भएको स्थानीय मनोज यादवले बताए ।

२०७५ चैत २५ सोमबार, राति ९:४४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । पुर्व मन्त्री एवम् रौतहट क्षेत्र नं. ३ का साँसद प्रभु साहले आफ्नो क्षेत्रको जनतालाई निः शूल्क ग्यास सिलिण्र र चुल्हो बितरण गरेका छन् ।
क्षेत्रलाई धुँवा रहित बनाउनको लागि प्रदेश नं. २ का नेकपा अध्यक्ष समेत रहेका नेता साहले क्षेत्रका सात सय घर धुरीलाइ ग्यास चुल्हो र सिलिण्डरका साथै त्यसमा लाग्ने उपकरण निः शुल्क बितरन गरेका हुन । सोमबार गरुडा नगरपालिकाको शिबनगर चोकमा आयोजित एक कार्यक्रमबीच नगरपालिकको वडा नं. ५ अन्तर्गत लक्ष्मीपुर , अमरपटी, शिवनगरका स्थानीय बासिन्दाहरुले नेता साहको हातबाट ग्यास सिलिंडर तथा चुल्हा पाएपछि हर्सित र खुसी भएका हुन ।
चुनाव जीतेपछि ग्यास सिलिन्डर दिने स्थानीय समक्ष नेता साहले बाचा गरेका थिए ।हाल साहको बिकासको गति हेरेर स्थानीयले खुसी व्यक्त गरेका छन । घर घरमा ग्यास वितरण गरि आफ्नो गाउँ समाज र क्षेत्र लाई प्रदुषण मुक्त र धुँवा रहित बनाउछु भनी चुनावी घोषण पत्रका साथ चुनाब लडेका साहले आफुले गरेको बाचा पूरा गरेपछी जनता खुशिले गदगद हुनु स्वाभाविक भएको स्थानि मनोज यादवले बताए ।
चुनाबी घोषण पत्रमा भने अनुसार काम गर्न थालेका छन ,सडक ,बिजुली ,सिचाइ ,र शिक्षा स्वास्थ क्षेत्रको बिकासको लागि उहाँले चालेको कदम निकै सराहनीय छ यादबले थपे ।निःशुल्क ग्यास सिलिन्डर प्राप्त गरेपछि सहभागी महिलाहरुले निकै प्रसन्नता व्यक्त गरेका थिए। आफू अब धुवाँको चुल्होबाट मुक्त भएको उनिहरुको थियो ।
ग्यास सिलिन्डर कार्यक्रमबाट दलित तथा विपन्न परिवार लाभान्वित भएका छन्। माटोको चुल्हो र दाउराले खाना पकाउने खासगरी महिला दिदिबहिनिको स्वास्थमा हुने खराबीको निराकरण ग्यास चुल्हो भएको , समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न समस्याबाट बचाउने हुनाले आफूले आवश्यक ठानी अभियान सञ्चालन नेता साहले बताए ।
आफू सहित आफ्नो टिम तथा नेकपा पार्टी जनताको भावना र चाहना अनुरुप काम गर्दैछ र गर्नेछ बताउदै साहले आउदो तीन बर्समा क्षेत्र न ३ नमूना क्षेत्र बन्ने ठोकुवा गरे । आफूले चुनावको क्रममा गरेका सबै वाचा पूरा गरी छाड्ने प्रतिबद्धता जनाउदै फरक प्रसङ्गमा बोल्दै नेता साहले गरुडा नपामा भ्रष्टाचार ले जडो गाडेको आरोप लगाए।
सबै तिर सियो हराको सुनेको थिए, गरुडाको एक वडामा पुल हराएको सुनेको छु ,कागजमै पुल बन्यो रे , कसैले गल्ती गरेको भए कारबाही हुनु पर्ने माग गरे।उनले अब गहुँको कटनी सकिने लगत्तै गरुडा नगरका सडक पूर्वाधारतिर तीव्र विकास हुनेछ उनले घोषणा गरे ।
नेता साहले जिल्लाको चर्चित शिबनगर मन्दिर छिटै सार्वजनिकरन गर्ने अनि विश्व सम्पदा सुचीमा पारी अन्तरास्ट्रिय पर्यकीय क्षेत्र बनाउने बताए । सडक ,मन्दिर ,पाटी पौवा , गुम्बा सरकारको र सार्वजनिक सम्पती मानिने संविधानमा प्रष्ट लेखिएको तर शिवनगरको मन्दिर निजि ब्यतिगत समपति बनाएर उठेको चन्दा र भेटी व्यक्तिको खल्तिमा गर्इरहेको सुन्दा आफू अच्च्मित भएको बताए।
उनले मन्दिर कसैको व्यक्तिगत सम्पती हुनै नसक्ने बताउँदै यसबाट सरकारी राजस्वमा परिरहेको घाटा बारे सरकार गम्भीर भएर लाग्नुपर्ने माग गरे। कार्यक्रममा संघीय साँसद सदस्य समिना हुसैन, प्रदेश साँसद कुन्दनप्रसाद कुशवाहा, पूर्व साँसद देवेन्द्र पटेल, मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलगायतका वक्ताहरुले ग्यास चुल्हो बितरन कार्य जनतासित प्रत्यक्ष जोडिएका कार्यक्रमले जनता सिधै लाभान्वित हुने हुनाले अन्य नेता तथा जनप्रतिनिधिहरुले पनि यस प्रकारका कार्यक्रमहरु ल्याउनुपर्ने बताएका थिए।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…