धनुषामा बच्चाहरु खेल्दै थियो बमसँग, स्थानीयले गरे विस्फोट !
पूर्वी धनुषामा यस प्रकृतिका घटनाहरु पटक पटक हुँदै आएको छ ।

२०७५ चैत २२ शुक्रबार, दिउँसो ४:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक नगरपालिका स्थित बम फेला परेपछि विस्फोट गराएको हो ।
पूर्वी धनुषाको धनुषाको विदेह नगरपालिका वडा नं. ७ स्थित दुईवटा बम फेला परेपछि स्थानीयहरु हर्कतमा आएका थिए । वडा नं. ७ नवटोली भन्ने टोलमा स्थानीय फुलगेन मल्लिको घरपछाडिमा २ वटा बम फेला परेको थियो । कसैले बारीमा वेवारिसे अवस्थामा छाडेको बम स्थानीयले फालेर विस्फोट गराएका छन् । बच्चाले खेलाउँदा जनधनको क्षति हुने भएकोल स्थानीयले फालेर विस्फोट गरेका हुन् ।
बच्चाहरु ती बम लिएर खेल्दै थिए, पान मसालको टीनको बट्टामा बनाइएको बम कालो टेपले बेरेर कसैले बारिमा वेवारिसे फालेका थिए । बच्चाले खेलाए विस्फोट हुने भन्दै स्थानीयले तत्कालै फालेर विस्फोट गराएको रहेछ । ईलाका प्रहरी कार्यालय औरहीका सई रामबाबु सिँहले जनाए ।
बम फेला परेर स्थानीयले फालेर विस्फोट गराएपछि ईप्रका औरहीबाट प्रहरी टोली घटनास्थल पुगेको र बम कसले किन छाडेको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको सिंहले बताए ।
गत विहिबार राती मात्र स्थानीय दुई घरमा चोहरुले चोरी गरी हजारौँको मालसमानहरु लुटेर लगेका थिए । स्थानीय र चोरहरुबीच घम्साघम्सी भएपनि अन्य स्थानीयहरुले भने चारहरुलाई समात्न मदत नगरेकोमा दुई घरको हजारौँको सरसमान र गरगहना लुटेर लगेको थियो । यो बम ती चोरहरुले फालेर भागेको हुन सक्ने अनुमान गरिएको छ ।
केही दिन अगाडी मात्र धनुषाको कमला नगरपालिकामा चरणवद्ध रुपमा भएको चोरीपछि कमला नगरपालिका वडा नंं. ३ पर्सा स्थित समेत पानको बट्टाबाला बम फेला परेको थियो भने स्थानीयहरुले खेतमा फालेर विस्फोट गराएको थियो । पूर्वी धनुषामा यस प्रकृतिका घटनाहरु पटक पटक हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…