धनुषाको यी परीक्षाकेन्द्रबाट पुनः विज्ञान विषयको प्रश्नपत्र आउट, एक गार्ड पक्राउ !
परीक्षाकेन्द्रहरुमा मोबाईल पूर्णत प्रतिबन्ध गरिएपनि कसरी मोबाईलबाट आउट भएको भनेर प्रश्नचिन्ह खडा भएको छ ।

२०७५ चैत २२ शुक्रबार, बिहान ९:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । परीक्षा अगावै प्रश्नपत्र आउट भएको कारण तनावमा रहेको प्रदेश नं. २ मा पुनः प्रश्नपत्र आउट भएको छ ।
रद्द गरिएको विज्ञान विषयको परीक्षालाई पुनः सँचालन गर्दै आज शुक्रबार चैत्त २२ गतेको लागि पुनः परीक्षा हुँदैछ भने पुनः त्यही विषयको प्रश्नपत्र आउट भएको छ । धनुषाको बरकुर्वा परीक्षाकेन्द्रबाट अनिवार्य विज्ञान विषयको प्रश्नपत्र आउट भएको हो ।
परीक्षा सुरु भएको केही बेरमै भित्रबाट मोबाईल मार्फत प्रश्नपत्र आउट भएको बुझिएको छ । परीक्षामा भित्र मोबाईल लैजान पूर्णत निषेध गरिएपनि प्रश्नपत्र भने मोबाईलबाट आउट गरिएको देखिएको छ । प्रश्न कुनै एक परीक्षार्थीले मोबाईलमा फोटो तानेर बाहिर पठाएपछि परीक्षा दिलाउन आएका अभिभावकहरुले बाहिर मैदानमा प्रश्नपत्र आउट भएको हल्ला गरेपछि रहस्य खुलेको हो ।
भिडियो हेर्नुहोस्, यसरी राखेका थिए मोबाईल
यता, उक्त घटना लगत्तै नीरिक्षण तथा अनुगमनको सँयुक्त टोली उक्त परीक्षाकेन्द्रमा पुगेको हो । यसअघि यही विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा भएको थियो भने आन्दोलन पनि चर्को भएको थियो ।
परीक्षाकेन्द्रहरुमा मोबाईल पूर्णत प्रतिबन्ध गरिएपनि कसरी मोबाईलबाट आउट भएको भनेर प्रश्नचिन्ह खडा भएको छ । यसैक्रममा उक्त परीक्षाकेन्द्रबाट मोबाईल निषेध गरिएपनि मोबाईल लिएर एक जना गार्ड पक्राउ परेका छन् । पक्राउ पर्नेमा फकिरचन्दगामी माध्यमिक विद्यालयका शिक्षक एवम् परीक्षामा गार्ड बसेका शंकर यादवलाई अनुगमन टोलीले पक्राउ गरेको हो ।
नीरिक्षक यादव परीक्षार्थीको औजार बक्समा मोबाईल राखेका थिए भने उनले नै प्रश्नपत्र आउट गरेको हुन सक्ने अनुमान गर्दै उनीसँग सोधपुछ तीव्र पारिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…