मनमोहन दुहबी गोल्डकप : त्रिभुव आर्मी क्लब फाईनलमा
न्यूज ब्यूरो, सुनसरी । त्रिभुवन आर्मी क्लब काडमाडौंले रुस्लान थ्रिस्टार क्लब काठमांडौलाइ २–० गोल अन्तरले पाखा लगाउँदैं फाईनलमा प्रवेश गरेका छन् । सुनसरीको दुहवीमा जारि तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको वुधबार भएको पहिलो सेमी फाइनल खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लब काडमाडौंले रुस्ल
२०७५ चैत २० बुधबार, राति १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । त्रिभुवन आर्मी क्लब काडमाडौंले रुस्लान थ्रिस्टार क्लब काठमांडौलाइ २–० गोल अन्तरले पाखा लगाउँदैं फाईनलमा प्रवेश गरेका छन् ।
सुनसरीको दुहवीमा जारि तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको वुधबार भएको पहिलो सेमी फाइनल खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लब काडमाडौंले रुस्लान थ्रिस्टार क्लब काठमांडौलाइ २–० गोल अन्तरले पाखा लगाउँदैं उपाधि नजिक पुगेको छ ।
दुहबी रंगशालामा भएको खेलमा पहिलो हाफ सम्म दुवै तर्फबाट प्रतिस्प्रधात्मक खेल भएपनि खेल वरावरी भएको थियो । दोश्रो हाफको ५१ औं मिनेटमा त्रिभुवन आर्मीका जर्सी नम्वर २१ का खेलाडी भरत खवासले १ गोल गर्दै आफ्नो टिमलाइ १–० गोल अन्तरले अग्रता दिलाए ।
६६ औं मिनेटमा त्रिभुवन आर्मीका जर्सी नम्वर २२ टेक बाहादुर बुढाथोकीले १ गोल गर्दै आफ्नो टिमलाइ जित सुनिश्चित गराए । यो जितसँगै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा समेत प्रवेश गर्न सफल भएको छ । त्रिभुवन आर्मीका जर्सी नम्वर २१ क्यापटेन भरत खवास खेलको म्यान अफ द म्याच घोषित भए ।
उनलाइ खेलका मुख्य प्रायोजक अल्ट्राटेक सिमेन्ट प्रालीका प्रबन्ध निर्देशक मनिस मारुले पुरस्कार स्वरुप नगद १० हजार तथा मेडल प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तरगत विहीवार दोश्रोसेमीफाइनल खेल मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रे.सेझापा र दाफिन्स फुटबल क्लब क्यामरुनका बिच हुँनेछ । फाइनल खेल चैत्र २३ गते शनिवार हुँने आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्दन रौनियार
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…